मुख्य समाचार
जुनियर सिजन वान' को फाइनल राउन्डमा प्रगति माविकी छात्रा अप्सना थिङ | बाह्र वर्षदेखि रोकिएको ढल्केबर–हेटौँडा ४०० केभी प्रसारण लाइन निर्माणको बाटो खुल्यो | मोरक्कोलाई हराउँदै फ्रान्स विश्वकपको सेमिफाइनलमा | एस्थर बेन्जामिन संस्थाद्वारा मकवानपुरका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण | लागुऔषध ओनेरेक्ससहित स्कुटर चालक पक्राउ | राक्सिराङका दुई महिला बेचबिखनको जोखिमबाट उद्धार | मकवानपुरसहित देशभर आज र भोलि राहदानी सेवा बन्द | पार्टीभित्रको एकता र लोकतान्त्रिक मूल्यको रक्षा | मन्त्रिपरिषद्का ८ महत्त्वपूर्ण निर्णय सार्वजनिक | वकैया गाउँपालिकावाट एक जना फरार अभियुक्त पक्राउ |

समाचार स्थानीय समाचार मनोरञ्जन २६ असार २०८३, शुक्रबार

जुनियर सिजन वान' को फाइनल राउन्डमा प्रगति माविकी छात्रा अप्सना थिङ

Nigarani Online

ड्रिम्स म्युजिक स्कुलको आयोजनामा सञ्चालन भइरहेको प्रतिष्ठित रियालिटी शो 'डान्स मेरो मनको जुनियर सिजन वान' को फाइनल राउन्डमा प्रगति माविकी छात्रा अप्सना थिङ पुग्न सफल भएकी छिन् । देशभरिका कुल ५२१ जना प्रतिस्पर्धीहरूलाई पछि पार्दै विभिन्न चरण पार गरेर अन्तिम २१ मा स्थान बनाउन उनी सफल भएकी हुन् ।

प्रतिभाशाली प्रगतिको कदर गर्दै ड्रिम्स म्युजिक स्कुलले आज प्रगति माविमै विशेष प्रस्तुति कार्यक्रमको आयोजना गरेको थियो । उक्त कार्यक्रममा अप्सना थिङले तीनवटा फरक-फरक गीतहरूमा आफ्नो उत्कृष्ट नृत्य कला प्रदर्शन गरेकी थिइन् ।

आयोजक टिम हाल फाइनलमा पुग्न सफल भएका विद्यार्थीहरूको विद्यालयमै पुगेर नवप्रतिभाहरूलाई प्रोत्साहन गर्ने र उनीहरूको पक्षमा भोट माग्ने अभियानमा जुटेको छ । सोही अभियान अन्तर्गत विद्यालयमै कार्यक्रम गरी अप्सनालाई भोटिङमार्फत विजयी गराउन आयोजक तथा विद्यालयले संयुक्त रूपमा सम्पूर्णमा आह्वान समेत गरेको छ ।

आयोजकका अनुसार यस प्रतियोगिताको अन्तिम तथा निर्णायक प्रतिस्पर्धा आगामी साउन १ गते ओम्याक्स हलमा भव्य रूपमा आयोजना हुनेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार