मुख्य समाचार
सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न हेटौंडा–९ वडाको सूचना | नेपाल शिक्षक महासंघद्वारा चलचित्र ‘मास्टर्नी’को गीतप्रति आपत्ति, तुरुन्त रोक्न माग | साउने (कर्कट)सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान गरी मनाइँदै | हेटौँडा उपमहानगरपालिकामा केही दिनका लागि राजस्व संकलन सेवा बन्द हुने | चुरियामाई सुरुङकाे संरक्षण तथा व्यवस्थापनकाे जिम्मेवारी हस्तान्तरण | पत्रकारलाई सरकारी अस्पतालमा उपचारमा सहुलियत | अर्जेन्टिना फाइनलमा, इङ्ग्ल्याण्ड पराजित | हेटौंडा बसपार्कबाट हराएको मोटरसाइकल फेला | हेटौँडालाई बृहत्तर हेटौँडा अवधारणअनुरुप विकास गरिने | असफलताहरूलाई सफलताको सिँढीका रूपमा परिणत गरौँ |

स्थानीय समाचार १ श्रावण २०८३, शुक्रबार

सामाजिक सुरक्षा भत्ता नवीकरण गर्न हेटौंडा–९ वडाको सूचना

Nigarani Online

 हेटौंडा उपमहानगरपालिका–९ वडा कार्यालयले सामाजिक सुरक्षा भत्ता प्राप्त गरिरहेका लाभग्राहीहरूलाई आर्थिक वर्ष २०८३/८४ का लागि वार्षिक नवीकरण गर्न अनुरोध गरेको छ।

वडा कार्यालयले जारी गरेको सूचनाअनुसार ज्येष्ठ नागरिक, दलित ज्येष्ठ नागरिक, एकल महिला, विधवा, पूर्ण अपाङ्गता, अति अशक्त अपाङ्गता तथा दलित बालबालिका गरी सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सबै लाभग्राहीले आवश्यक कागजातसहित वडा कार्यालयमा उपस्थित भई नवीकरण गराउनुपर्नेछ।

सूचनामा सामाजिक सुरक्षा भत्ता नवीकरण अवधि साउन १ गतेदेखि असोज मसान्तसम्म कायम रहने उल्लेख गरिएको छ।

नवीकरणका लागि लाभग्राहीले नागरिकताको प्रतिलिपि, सामाजिक सुरक्षा भत्ता परिचयपत्र, राष्ट्रिय परिचयपत्र तथा अपाङ्गता भएका व्यक्तिको हकमा अपाङ्गता परिचयपत्र अनिवार्य रूपमा पेश गर्नुपर्ने वडा कार्यालयले जनाएको छ।

वडा कार्यालयले तोकिएको अवधिभित्र नवीकरण प्रक्रिया पूरा गरी सामाजिक सुरक्षा भत्ता सेवामा निरन्तरता सुनिश्चित गर्न सम्पूर्ण लाभग्राहीलाई आग्रह गरेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार