मुख्य समाचार
बाह्र वर्षदेखि रोकिएको ढल्केबर–हेटौँडा ४०० केभी प्रसारण लाइन निर्माणको बाटो खुल्यो | मोरक्कोलाई हराउँदै फ्रान्स विश्वकपको सेमिफाइनलमा | एस्थर बेन्जामिन संस्थाद्वारा मकवानपुरका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण | लागुऔषध ओनेरेक्ससहित स्कुटर चालक पक्राउ | राक्सिराङका दुई महिला बेचबिखनको जोखिमबाट उद्धार | मकवानपुरसहित देशभर आज र भोलि राहदानी सेवा बन्द | पार्टीभित्रको एकता र लोकतान्त्रिक मूल्यको रक्षा | मन्त्रिपरिषद्का ८ महत्त्वपूर्ण निर्णय सार्वजनिक | वकैया गाउँपालिकावाट एक जना फरार अभियुक्त पक्राउ | कोलम्बिया र अर्जेन्टिना क्वार्टर फाइनलमा प्रवेश |

समाचार खेलकुद २६ असार २०८३, शुक्रबार

मोरक्कोलाई हराउँदै फ्रान्स विश्वकपको सेमिफाइनलमा

Nigarani Online

प्तान किलियन एमबाप्पे र उसमान डेम्बेलेको गोलमा मोरक्कोलाई हराउँदै फ्रान्स फिफा विश्वकप २०२६ को सेमिफाइनलमा प्रवेश गरेको छ । अमेरिकाको बोस्टन स्टेडियममा आज भएको पहिलो क्वाटरफाइनल खेलमा मोरक्कोलाई २–० गोलले पराजित गर्दै फ्रान्स विश्वकपको सेमिफाइनलमा पुगेको हो । एमबाप्पेले पहिलो हाफमा पेनाल्टीमार्फत गोल गर्न सकेनन् । दोस्रो हाफमा भने गोल गर्न सफल भए । फ्रान्स लगातार तेस्रोपटक विश्वकपको सेमिफाइनलमा प्रवेश गरेको हो । यसअघि फ्रान्सले सन् २०१८ मा विश्वकपको ट्रफी जितेको थियो भने २०२२ मा उपविजेता बनेको थियो ।  आज खेलको ६०औँ मिनेटमा एम्बाप्पेले गोल गर्दै फ्रान्सलाई पहिलो अग्रता दिलाए । त्यसपछि खेलको ६६औँ मिनेटमा उनले नै पास मिलाएपछि उस्मान डेम्बेलेले गोल गर्दै फ्रान्सको अग्रता दोब्बर बनाए । यसपछि खेलमा थप गोल हुन सकेन र फ्रान्सले मोरक्कोमाथि २–० गोलको जित निकाल्यो । अब सेमिफाइन खेलमा बेल्जियम र स्पेनबीचको विजेता टोलीसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रतिक्रिया

सम्बन्धित समाचार