काठमाडौं– सरकारले मन्त्रिपरिषद् बैठकमार्फत ८ महत्त्वपूर्ण निर्णय गरेको छ। बैठकले काठमाडौं उपत्यका विकास प्राधिकरणको विकास आयुक्तमा सुरज शाक्यलाई नियुक्त गर्ने, गेटा अस्पताललाई सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्न स्वीकृति दिने, दुईवटा शैक्षिक नियमावली तथा कारागार नियमावली–२०८३ स्वीकृत गर्ने निर्णय गरेको छ।>
यस्तै, मानव अधिकार सम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना, भ्रष्टाचारविरुद्धको दोस्रो रणनीति योजना स्वीकृत गरिएको छ भने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्द बहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिवमा नियुक्त गर्ने निर्णय पनि गरिएको छ।>>