>
>
>
असार १८, हेटाैंडा
ज्येष्ठ नागरिक मञ्च नगर समन्वय समिति हेटाैडाकाे अध्यक्षमा रामबहादुर नेपाली चयन भएका छन ।
हेटाैडा उपमहानगरपालिका महिला बालबालिका तथा समावेशीकरण महाशाखाकाे आयाेजनामा हेटाैडामा असार १७ र १८ गते भएकाे ज्येष्ठ नागरिक मञ्च नगर समन्वय समिति पुर्नगठन तथा अभिमुखिकरण कार्यक्रममा नेपालीकाे अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेकाे हाे ।
समितिकाे उपाध्यक्षमा केशव प्रसाद न्याैपाने, सचिवमा बेली थापा, काेषाध्यक्षमा नारायणप्रसाद डकाल लगायत सम्पूर्ण सदस्यहरु सर्वसम्मत चयन हुनु भएकाे छ ।
नयाँ कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुलाई नगर प्रमुख मिना लामाले शपथग्रहण गराउनु भएकाे थियाे । नगर प्रमुख लामाले उपमहानगरपालिकाले ज्येष्ठ नागरिककाे हक हितमा सदैव काम गर्ने बताउदै ज्येष्ठ नागरिककाे सीपलाई राज्यले ग्रहण गर्नु पर्नेमा जाेड दिनुभयाे ।
कार्यक्रममा हेटाैडा उपमहानगरपालिका जन स्वास्थ्य महाशाखाका भाेलानाथ चाैलागाईले स्वास्थ्य सम्वन्धि र मामाघर नेपालका संरक्षक अर्पण पराजुलीले तनाव ब्यवस्थापन सम्वन्धमा सहजीकरण गरेका थिए ।
कार्यक्रममा महिला बालबालिका तथा समावेशीकरण महाशाखा प्रमुख विष्णुकुमारी लामिछानेले कार्यक्रमकाे उद्वेश्यकाे बारेमा जानकारी गराउनु भएको थियाे ।
कार्यक्रम ज्येष्ठ नागरिक मञ्च नगर समन्वय समितिका अध्यक्ष रामचन्द्र ढकालकाे सभाध्यक्षतामा भएकाे थियाे ।>
प्रचण्ड
गाउँपालिका
माओवादी केन्द्र
एमाले
कम्युनिष्ट आन्दोलन
कार्यान्वयन