मुख्य समाचार
शम्भुप्रसाद आचार्यका दुई कृति आदि मञ्जरी र ज्ञान पुञ्ज सार्वजनिक | लटारम्मेश्वर महादेव धार्मिक–पर्यटकीय गन्तव्य बन्दै | आज देशभरका अस्पतालमा ओपीडी सेवा बन्द | प्रधानाध्यापकको नेतृत्व क्षमता विकाससम्बन्धी तालिम सम्पन्न | भदौ १ गते कुष्माण्ड सरोवर त्रिवेणीधाममा विशेष कालसर्प दोष निवारण पूजा | साउनभित्रै दलित तथा भूमिहीनलाई लालपुर्जा वितरण सुरु हुन्छ : सांसद उप्रेती | हेटौंडामा एक पुरुष रक्ताम्य अवस्थामा मृत फेला | जनताको मत सौदाबाजीको माध्यम होइन | नेकपा मकवानपुरद्वारा पालिकास्तरीय आईटी प्रतिनिधिलाई प्राविधिक प्रशिक्षण | नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको राष्ट्रिय परिषद् सदस्यमा जीवन ढकाल मनोनित |

राष्ट्रिय समाचार रचना साहित्य १२ श्रावण २०८३, मङ्गलबार

शम्भुप्रसाद आचार्यका दुई कृति आदि मञ्जरी र ज्ञान पुञ्ज सार्वजनिक

Nigarani Online

हेटौंडा ७  निवासी तथा वंशगोपाल माध्यमिक विद्यालयका पूर्व शिक्षक  शम्भुप्रसाद आचार्यद्वारा लिखित दुई कृति ‘आदि मञ्जरी’ (कवितासङ्ग्रह) र ‘ज्ञान पुञ्ज’ (संस्मरणात्मक प्रबन्ध) को एकैसाथ आइतबार काठमाण्डौंमा लोकार्पण गरिएको छ । 

लोकार्पित कृतिहरूमध्ये ‘आदि मञ्जरी’ २०८१ सालमा र ‘ज्ञान पुञ्ज’ २०८३ सालमा प्रकाशित भएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि एवम् समालोचक ठाकुर शर्मा भण्डारीले लोकार्पित दुवै पुस्तक सरल र सर्वसाधारणले सहजै बुझ्न सक्ने खालका रहेको बताए ।  वंशगोपाल माध्यमिक  विद्यालय हेटौंडा ६, चौघडामा चार दशक भन्दा बढी शिक्षण पेसामा बिताएका लेखक आचार्यले सेवा निवृत्त भएपछि पनि साहित्यमार्फत समाजलाई नैतिक शिक्षा दिने कार्य सराहनीय रहेको उनको भनाइ थियो । आचार्यको कविताकृतिभन्दा संस्मरण आधारित ‘ज्ञान पुञ्ज’ अझ प्रभावकारी रहेको टिप्पणी गर्दै उनले कृतिमा लेखकको जीवन दर्शन प्रस्ट झल्किएको बताए ।

समारोहका प्रमुख वक्ता नियात्राकार रामप्रसाद पन्तले ३८ वटा मुक्तक शैलीका गद्य कविता समेटिएको ‘आदि मञ्जरी’ सानो भए पनि गहन रहेको उल्लेख गरे । कवितामा जीवन दर्शन, राष्ट्रप्रेम, न्याय र ज्ञान–विज्ञानका विषय समेटिएको भन्दै उनले भाषागत शुद्धतामा थप ध्यान दिन सकिने सुझाव दिए ।

 अर्का वक्ता समालोचक युवराज मैनालीले ‘ज्ञान पुञ्ज’ मा सङ्ग्रहित ७९ वटा निबन्ध÷प्रबन्धहरू जीवनोपयोगी र नैतिक शिक्षाका औषधिसरह रहेको टिप्पणी गरे । बुद्ध, गान्धी र अब्दुल कलाम जस्ता विश्व पुरुषहरूको दृष्टान्त दिएर लेखिएका यी रचना समाजका लागि मार्गदर्शक हुने भन्दै उनले लेखक आचार्यलाई अब बालसाहित्यतर्फ पनि कलम चलाउन आग्रह गरे ।

लेखककी सुपुत्री वसुन्धरा आचार्य भण्डारीको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा लेखकपुत्र प्रमेश आचार्यले स्वागत मन्तव्य राखेका थिए भने लेखक शम्भुप्रसाद आचार्यले आफ्ना कमी–कमजोरी औँल्याइदिने समीक्षकहरूप्रति आभार व्यक्त गर्दै आफ्ना अन्य कृतिहरू पनि प्रकाशोन्मुख रहेको जानकारी दिए । वंशगोपाल माध्यमिक  विद्यालय हेटौंडा ६, चौघडामा ४१ बर्ष १ महिना ९ दिन शिक्षण पेसामा बिताएका लेखक  आचार्यले निगरानीसँगको कुराकानीमा युवापुस्तालाई पनि पठन संस्कृति विकास गर्न र साहित्यमा लाग्न र केही न केही लेख्नको लागि लागिरहनुपर्ने बताउनु भयो ।

आचार्य परिवारद्वारा आयोजित सो समारोहमा प्रा. कवि विष्णुप्रसाद पन्त, हरिभक्त सिग्देल ’महेश’, उदयप्रसाद भण्डारी लगायतले शुभकामना व्यक्त गरेका थिए । 

प्रतिक्रिया

सम्बन्धित समाचार