मुख्य समाचार
भदौ १ गते कुष्माण्ड सरोवर त्रिवेणीधाममा विशेष कालसर्प दोष निवारण पूजा | साउनभित्रै दलित तथा भूमिहीनलाई लालपुर्जा वितरण सुरु हुन्छ : सांसद उप्रेती | हेटौंडामा एक पुरुष रक्ताम्य अवस्थामा मृत फेला | जनताको मत सौदाबाजीको माध्यम होइन | नेकपा मकवानपुरद्वारा पालिकास्तरीय आईटी प्रतिनिधिलाई प्राविधिक प्रशिक्षण | नेपाल राष्ट्रिय शिक्षक सङ्गठनको राष्ट्रिय परिषद् सदस्यमा जीवन ढकाल मनोनित | व्यवसाय दर्ता तथा नवीकरण गर्न बागमती गाउँपालिकाको आग्रह | हेटौँडा क्याम्पसमा बागमती विश्वविद्यालयको प्रवेश परीक्षा सम्पन्न | प्रधानाध्यापक नेतृत्व क्षमता विकास सम्बन्धी १ दिने कार्यक्रम हुने | त्रिवेणीधाममा चातुर्मास व्रत तथा विष्णुपुराण पाठ सुरु |

स्थानीय समाचार बागमती प्रदेश १० श्रावण २०८३, आइतबार

भदौ १ गते कुष्माण्ड सरोवर त्रिवेणीधाममा विशेष कालसर्प दोष निवारण पूजा

Nigarani Online

हेटौंडा ९ स्थित कुष्माण्ड सरोवर त्रिवेणीधाममा आगामी भदौ १ गते नागपञ्चमीका अवसरमा विशेष नवग्रह तथा कालसर्प दोष निवारण पूजा आयोजना गरिने भएको छ।

धामले सार्वजनिक गरेको सूचनाअनुसार भक्तजनहरूको ग्रहशान्तिका लागि वि.सं. २०६८ सालदेखि नियमित रूपमा नवग्रह तथा कालसर्प दोष निवारण पूजा सञ्चालन हुँदै आएको छ। सोही परम्पराअनुसार यस वर्ष पनि नागपञ्चमीका दिन वर्षमा एकपटक विशेष पूजा गरिने जनाइएको छ।

पूजामा सहभागी हुन इच्छुक भक्तजनलाई आवश्यक पूजा सामग्रीको व्यवस्थापनका लागि साउन २२ गतेभित्र धाममा सम्पर्क गरी नाम दर्ता गराउन आग्रह गरिएको छ। भक्तजनको यकिन संख्या नभएसम्म पूजा सामग्री जुटाउन कठिन हुने भएकाले समयमै सम्पर्क गर्न धाम व्यवस्थापनले अनुरोध गरेको छ।

धार्मिक विश्वासअनुसार नागपञ्चमीका दिन गरिने नवग्रह तथा कालसर्प दोष निवारण पूजा विशेष फलदायी मानिने भएकाले यस वर्ष पनि ठूलो संख्यामा श्रद्धालुको सहभागिता रहने अपेक्षा गरिएको त्रिवेणीधाम विकास समितिका अध्यक्ष ईश्वरी प्रसाद न्यौपानेले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार