मुख्य समाचार
प्रगति माविका शिक्षक तथा व्यवस्थापन समितिद्वारा नारायणी माविको अवलोकन | साइकलमा हुइकिने पत्रकारलाई सम्मान | शैक्षिक प्रतिभाको उज्यालो पहिचानः श्री आधारभूत अतिरिक्त क्रियाकलापमा अघि बढ्दै | देवास राई संग्रहालय निर्माण र सांस्कृतिक धरोहर संरक्षणको पहल | राजनीतिक प्रतिशोधविरुद्ध रास्वपाको जनहस्ताक्षर अभियान सुरु, हेटौंडाबाट तीन महिना लामो यात्रा प्रारम्भ | अखिल नेपाल तेक्वान्दो संघको प्रथम भेला सम्पन्न, अध्यक्षमा राकेश राई | हेटौंडामा तामाङ पत्रकारहरुका लागि ३ दिने तामाङ (तामायिग) लिपी प्रशिक्षण सुरु | बुढीचौरका गृहिणी मौरीपालन तालिममा | जिल्ला संयोजक थापाद्वारा एपिकल एकेडेमीमा स्क्रयाबल कार्यशाला सम्पन्न | जिल्ला प्रशासन कार्यालयद्धारा राष्ट्रिय परिचयपत्र सेवामा समय विस्तार |

प्रत्यक्ष निर्वाचित कार्यकारीको मागसहित दुई युवा अनसनमा

Nigarani Online 526+ समाचार ( )
३१ भाद्र २०८१, सोमबार

स्वतन्त्र नागरिक आरन राई र ललित सेन कोइच सरकारसँग विभिन्न माग राख्दै अनसनमा बसेका छन् । तत्काल प्रत्यक्ष जनताद्धारा निर्वाचित कार्यकारी राष्ट्रपति प्रणालीको व्यवस्थालगायतका मागसहित उनीहरु अनसनमा बसेका छन् । 

हाल हाम्रो देशको सम्पूर्ण अवस्था एक पछि अर्को गर्दै दिन प्रति दिन बिग्रेर गइरहेको भन्दै यसबाट देशलाई मुक्ति दिलाउनुपर्ने मागसहित उनीहरु अनसनमा बसेका हुन् । 

 देशलाई जोगाउन र प्रत्येक नागरिकलाई न्यायपूर्ण समाजको अनुभुती गराउन, बिकास र समृद्धिलाई तीब्र गतीमा अगाडि बढाउन अब हामी सबै जाग्नै पर्ने उनहीकरुको भनाइ छ ।

 अब पनि हामीले ढिलो गरे देशमा चरम संकट उत्पन्न हुने कुरामा सबैलाई स्पष्ट छ । त्यसैले यी एजेन्डालाई लागु गराउन सबैले मिलेर एक स्वरमा आफ्नो आवाजलाई बुलन्द पार्न उनीहरुले आग्रह गरेका छन् । 

यसैगरी तत्काल अनिवार्य स्वादेशी वस्तुहरु प्रयोग गर्ने निति लागु गर्नुपर्ने र 

बिदेशमा रहनु भएका प्रत्येक नेपाली नागरिकलाई अनलाइनबाट मताधिकार प्रयोग गर्ने व्यवस्था गर्न पनि माग गरिएको छ 

प्रतिक्रिया

Bhim Rai ३१ भाद्र २०८१, सोमबार

सहमत

Rai ३१ भाद्र २०८१, सोमबार

Thank you nigaranionline.com

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै