थप तयारीपछि मात्र तामाङ राष्ट्रिय परिषद गठन हुने

Nigarani Online 499+ समाचार ( )
३० फाल्गुन २०८१, शुक्रबार

हेटौँडामा आज गठन गरिने भनिएको तामाङ राष्ट्रिय परिषद् तयारी नपुगेको भन्दै स्थगित गरिएको छ । 

शुभचिन्तक एवंम् विभिन्न तामाङ राष्ट्रसँग सम्बन्धित संघसंस्थाहरु र   नेतृव्यदायी भूमिकामा रहेका पदाधिकारीले समय अपुग भएको भनेकोले केही समयका लागि स्थगित गरिएको जारी विज्ञप्तिमा जनाइएको छ । 

राज्य स्तरमै बृहत छलफलबाट अगाडि बढ्नुपर्ने सल्लाह सुझावको माग भएको र सोही सुझावलाई सर्वोपरि मान्दै अर्को छलफल एवंम् बैठकको मिति तय नहुँदा सम्मको लागि उक्त संगठन गठन कार्यलाई अगाडी नबढाइने विज्ञप्तिमा जनाइएको छ । 

परिषद गठनका लागि आवश्यक सबै तयारी पूरा गरेपछि मिति तय गरिने पनि कार्यदलका  संयोजक भीम रुम्बा तामाङले जानकारी दिनुभयो । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै