मुख्य समाचार
मधेशको मुक्तिका लागि अझै संघर्ष आवश्यक छ "पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतो" | वंशगोपालको वार्षिक खेलकुदमा विविध कार्यक्रम | अपर तामाकोशि जलविद्युत परियोजनाका निर्माणधीन सबस्टेसनको विषयलाई लिएर प्रहरी र स्थानियबिच झडप | जसपा नेपाल मकवानपुरको कारबाहीमा घलान साधारण सदस्य पनि नरहने | नेपाल राष्ट्रिय शिक्षक संगठन हेटौंडामा पोखरेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन | बागमती गोल्डकप फुटबल प्रतियोगिता फागुन १ गतेदेखि पालिकाको आफ्नै रंगशालाबाट हुने | बेल्टटेस्ट ग्रेडिङ कार्यक्रम सम्पन्न | चितवनमा भेटिए ५५ प्रजातिका चरा | प्रगति माविबाट एसइईमा चार जिपीए ल्याउने विद्यार्थीलाई वडा कार्यालयले दश हजार पुरस्कार दिने | तिम्रो बुढो बिदेशमा हो ? |
मुख्य समाचार
मधेशको मुक्तिका लागि अझै संघर्ष आवश्यक छ "पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतो" | वंशगोपालको वार्षिक खेलकुदमा विविध कार्यक्रम | अपर तामाकोशि जलविद्युत परियोजनाका निर्माणधीन सबस्टेसनको विषयलाई लिएर प्रहरी र स्थानियबिच झडप | जसपा नेपाल मकवानपुरको कारबाहीमा घलान साधारण सदस्य पनि नरहने | नेपाल राष्ट्रिय शिक्षक संगठन हेटौंडामा पोखरेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन | बागमती गोल्डकप फुटबल प्रतियोगिता फागुन १ गतेदेखि पालिकाको आफ्नै रंगशालाबाट हुने | बेल्टटेस्ट ग्रेडिङ कार्यक्रम सम्पन्न | चितवनमा भेटिए ५५ प्रजातिका चरा | प्रगति माविबाट एसइईमा चार जिपीए ल्याउने विद्यार्थीलाई वडा कार्यालयले दश हजार पुरस्कार दिने | तिम्रो बुढो बिदेशमा हो ? |


वाग्मती गाउँपालिकामा वितरण गरेको जग्गाको यथार्थता

Nigarani Online 450+ समाचार ( )
२४ भाद्र २०८०, आइतबार

नेता जवाफदेही हुनुपर्छ । अझ विशेषगरी जनप्रतिनिधि नागरिकप्रति जवाफदेही हुनैपर्छ । नागरिकप्रति सधैँ उत्तरदायी बन्नुपर्छ । नागरिकले नबुझेको कुरा बुझाउनुपर्छ । नागरिक अस्पष्ट भएका कुरालाई स्पष्ट पार्नुपर्छ । कहीँ कतै जनप्रतिनिधिका विषयमा गलत सन्देश आएका छन् भने नागरिकले सोधीखोजी गर्दा आफैँले प्रस्ट पारिदिनुपर्छ ।

 अहिलेको समयमा सत्य कुरा लुकाउँदा आफैँ गलत सावित हुने जोखिम हुन्छ ।  कतै कारणवश नागरिकमा बुझाइमा भ्रम परेको पनि हुन सक्छ । अन्योलताको पर्दाले यथार्थता ढाकिएको हुन सक्छ । यस्ता पर्दालाई च्यातेर नागरिकलाई छर्लङ्ग बनाउने काम सम्बन्धित व्यक्तिले नै गर्नुपर्छ । अन्यथा नेता माथिको विश्वास हट्दै जान्छ । जनप्रतिनिधिप्रतिको विश्वासमा धमिरा लाग्छ र  ढल्छन् ऊप्रतिका विश्वासका स्तम्भहरू । 

प्रसङ्ग मकवानपुरको वाग्मती गाउँपालिकाका अध्यक्षको हो । वाग्मती गाउँपालिकाले गत असार २९ गते ३ नम्बर वडाका ६ जना भूमिहिन सुकुम्बासीलाई लालपुर्जा वितरण गरेका समाचार विभिन्न सञ्चारमाध्यममा आए । हामीले अघिल्लो समाचारमा उल्लेख गरिसकेका छौँ र लिङ्कसमेत राखिदिएका छौँ । रातोपाटी, सहीखबर, तुखबर, शुभसमय आदिमा आएका समाचारमा  सरकारी मापदण्डभन्दा धेरै जग्गा वितरण गरेको समाचार प्रकाशन भएको थियो । 

हामीलाई लाग्यो यतिको धेरै जग्गा पक्कै पनि पालिकाले वितरण गरेन ।  पालिकाले सरकारको निर्देशन अवश्यै अटेर गरेन । समाचारमा स्थानीय वीरबहादुर भोलन, मंगलबहादुर बिक, बुद्धिमान मोक्तान, मंगलीमाया स्याङतान, तेजबहादुर मोक्तान र बलबहादुर  भोलनले जग्गा धनी प्रमाणपुर्जा लिएको उल्लेख थियो ।

 विकलाई २४० हेक्टर, तेज बहादुरलाई १ हजार २६४ हेक्टर, विरबहादुरलाई २ हजार हेक्टर, मंगलीमायालाई २ हजार हेक्टर, बुद्धिमानलाई २ हजार हेक्टर र बलबहादुरलाई २ हजार हेक्टर जग्गाको पुर्जा दिएको उल्लेख थियो । यो समाचारले हामी आश्चर्यमा प¥यौँ । अवश्य पनि यो बुझाइमा कमी भएको होला भन्ने लाग्यो । हामीले पालिका प्रमुख सर्केश घलान हेटौँडा आएका मौकामा यसबारे स्पष्ट पारिदिन आग्रह ग¥यौँ । तर उहाँले यसबारे स्पष्ट पार्नुपर्ने आवश्यकतै ठान्नु भएन । मनोवैज्ञानिकहरू भन्छन्, “शक्ति र सत्ताको नशा लागेपछि मान्छेले जवाफ दिनुलाई गिर्नु ठान्छन् ।” सायद यही मनोदशाबाट पो उहाँ ग्रसित हुनुहुन्थ्यो कि वा यिनीहरूलाई जवाफ दिएर समय खर्चनुको कुनै अर्थ छैन भन्ने उहाँको मनोग्रन्थीले काम गरेको पो थियो कि ।

हामीले सोधेका प्रश्नमा उहाँले हेपाहा व्यवहार प्रदर्शन गर्नुभयो । गैरजिम्मेवार उत्तर दिनुभयो । त्यसपछि हामीलाई लाग्यो पालिकाले पक्कै पनि समाचारमा आए जत्ति नै जग्गा वितरण गरेको नै रहेछ । नभए यति सङ्घर्ष गरेर आएका नेता, जमिनबाट माथि उठेका नेताले जवाफ दिन्थे नै होला । उनले पक्कै पनि जवाफदेहीता बुझेका छन् । नागरिकप्रतिको दायित्व बुझेका छन् । 

त्यसैले हामीले यही विषयलाई समाचार बनायौँ । विश्लेषणात्मक खबर बनायौँ । जनप्रतिनिधिलाई सचेत बनाउने कोसिस ग¥यौँ । 

तर जसै समाचार प्रकाशन भयो सर्केश घलानका वरपरका मानिसका फोनले हैरान बनाउन थाल्यो । उनीहरूले अब जवाफ दिनुपर्ने रहेछ भन्ने महसुस गरे होलान् भनेको त उल्टै हामीसँग केही गुनासा, केही भावुक र केही मिहीन धम्कीका स्वरहरू पो सुनिन थाल्यो । 

आफ्ना कमीकमजोरी अलिकति पनि महसुस नगर्ने अनि नानाभाँती कुरा गरेर गुनासो पोख्ने काम पो हुन थाल्यो । उल्टै यतिको जमिन मकवानुरमा कहाँ पुग्छ र हामीले वितरण ग¥यौँ होला पो भन्न भ्याए । अनि अधिकारका कुरा गर्न थाले । प्रसङ्गलाई मोड्न अनेक कुरा गरे । 

“कुरा नबुझी समाचार लेखिदिने ? हामीलाई एक पटक सोध्नुपर्दैन ?” भनेर सिकाउन थाले । हामीलाई थाहा छ समाचार लेख्दा बुझेर लेख्नुपर्छ । सोधेर लेख्नुपर्छ । तर त्योसँगै यो पनि थाहा छ, जनप्रतिनिधि सञ्चारमाध्यमसँग जवाफदेही पनि हुनैपर्छ । सबैसामु यथार्थता स्पष्ट पार्ने साहस राख्नैपर्छ । 

हामीले नसोधेका कहाँ थियौँ र  । जसलाई सोध्नुपर्ने हो उसैसँग सोधेका थियौँ । अरुसँग सोधिराख्नुपर्ने आवश्यकता हामीलाई लागेन । सोधेका वेलामा जवाफ दिन अनकनाउने जनप्रतिनिधिका बारेमा अरूसँग हामीले किन सफाइ मागिरहने ? 

उल्टै “सर्केश दाइ भनेका धेरै अध्ययन गरेर आएको मान्छे होइन । उहाँलाई जवाफ दिन आउँदैन हामीले यस विषयमा स्पष्ट पारिदिन्थ्यौँ” भने । पालिकाको प्रमुख बनेर दुई कार्यकाल काम गरिसकेका व्यक्तिले धेरै कुरा सिकिसकेको हुन्छ । जनयुद्धबाट सिकेका व्यक्ति । चुनाव कसरी जित्न सकिन्छ भनेर चालबाजी गर्न जानेका व्यक्तिले जवाफ दिन जान्दैन भन्नु ढाकछोपबाहेक केही होइन भन्ने हामी पनि बुझ्छौँ । यस विषयमा पालिका प्रमुखले हामीलाई नै फोन गरेर सोध्न सक्नुहुन्थ्यो नि । किन उहाँका सहयोगीहरूलाई बारम्बार फोन गर्न लगाउनुभयो ? आफैँले स्पष्ट पारिदिनुभएको भए हामी पनि त्यही कुरा प्रकाशन गरिदिन्थ्यौँ ।  उहाँले अब जवाफ दिनु नपर्ने हो ? नागरिकबाट दुरी बढाइसक्नु भएको हो भने स्पष्ट भनिदिए हामी पनि सहर्ष स्वीकार्छाै । 

जनप्रतिनिधि जवाफदेही भएन त के भयो हामी त नागरिकप्रति उत्तरदायी छौँ नि । हामीले सत्यतथ्य नागरिकसामु राखिदिनु कर्तव्य ठान्यौँ र जिल्ला नापी कार्यालय र मालपोत कार्यालयबाट सत्यतथ्य पहिले नै बुझेका थियौँ । त्यहाँबाट प्राप्त अभिलेख अनुसार मंगलबहादुर विकले कित्ता नम्बर १११३ को ३ सय ४० वर्गमिटर, अर्थात् १ कठ्ठा, बुद्धिमान् मोक्तानले कित्ता नम्बर १११४ को २ हजार वर्ग मिटर, अर्थात् ५.९ कठ्ठा, वीरबहादुर भोलनले कित्ता नम्बर १११५ को २ हजार वर्गमिटर, अर्थात् ५.९ कठ्ठा, तेजमान मुक्तानले १११६ कित्ता नम्बरकोे १२ सय ६४ दशमलव ३१ वर्गमिटर, अर्थात् ३.७३ कठ्ठा, बलबहादुर भोलनको कित्ता नम्बर १११७ को २ हजार वर्गमिटर अर्थात् ५.९ कठ्ठा, मंगलीमाया स्याङतानले कित्ता नम्बर १११८ को २ हजार वर्गमिटर अर्थात् ५.९ कठ्ठा  जग्गा पाएका रहेछन् । यसरी हेर्दा अधिकांशले सरकारी मापदण्ड अनुसार नै जग्गा पाएका छन् । 

यति कुरा स्पष्ट पारिदिँदा के नै फरक पथ्र्याे । त्यसैले यस विषयमा कसैले  स्पष्टीकरण दिइराख्नु पर्दैन । हामीलाई कसैका गुनासो सुन्नु छैन । मात्र हामीले खोजेको जवाफ हो । नागरिकप्रति उत्तरदायी सर्केश घलान चाहिएको हो । सञ्चारमाध्यमलाई सम्मान गर्न सक्ने पालिका प्रमुख घलान खोजेका हौँ । 

भुइँबाट आएका मान्छे आकाश मात्र नहेरोस् भन्ने चाहना हो । फेरि फेरि पनि नेतृत्व गर्ने पदमा पुगोस् र वाग्मती गाउँपालिका मात्र होइन समग्र मकवानपुरको समुन्नतिका लागि लाग्ने अवसर पाओस् भन्ने कामना मात्र हो । 


प्रतिक्रिया

तपाईं एउटा पुरानो पत्रकार त्यो तामाङ पत्रकार महा संघको केन्द्रिय सदस्य ब्यक्तिले ब्यक्तिगत इगो राखेर पुरै पूर्वाग्रही भएर यो लेख होकि समाचार हो लेख्दै गर्दा समाचार लेख्दा वा घटनाको बारेमा लेख्दा वास्तविक र सत्य हुनुनेकपा माओबादी केन्द्रका अध्यक्ष तथा प्र २५ भाद्र २०८०, सोमबार

तपाईं एउटा पुरानो पत्रकार त्यो तामाङ पत्रकार महा संघको केन्द्रिय सदस्य ब्यक्तिले ब्यक्तिगत इगो राखेर पुरै पूर्वाग्रही भएर यो लेख होकि समाचार हो लेख्दै गर्दा समाचार लेख्दा वा घटनाको बारेमा लेख्दा वास्तविक र सत्य हुनुनेकपा माओबादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुस्पकमल दाहाल प्रचण्डले आफु जति समय सम्म प्रधानमन्त्री हुने हो त्यतीन्जेल सम्म राम्रो काम गरेर देखाउने बताउनु भएको छ । चार दल सम्मेलित समाजवादी मोर्चाको सन्देश सभाको आज हेटौंडामा सम्बोधन गर्दै उहाँले भन्नुभयो–‘कती समय सम्म प्रधानमन्त्री हुन्छु भन्ने छैन । तै पनि जति समय बस्छु राम्रो काम गरेर देखाउँछु ।’ भ्रष्टाचारका बिरुद्ध र शुसासनका पक्षमा अभियान चलाईएको र यो अभियानलाई निरन्तर रुपमा अगाडी बढाइने प्रधानमन्त्री प्रचण्डले बताउनुभयो । यो अभियान केही व्यक्तिलाई मन नपरेको वताउँदै उहाँले भन्नुभयो–‘ यो अभियान कुशासन बिश्रद्ध हो ।’ प्रधानमन्त्रीका विरुद्धमा खाली सबोच्चमा मुद्धा हालिरहने चलन बढेको उहाँले बताउनुभयो । सबै परिवर्तनको रक्षाका लागि अहिलेको मोर्चा बनेको उाँको भनाई छ । अहिले पनि परिबर्तनलाई उल्टाउने चेष्टा गरिएकोमा उहाँले आपत्ति जनाउनुभयो । यो मोर्चा चार वटा पार्टीको मात्र नभएर देशका जनताको परिवर्तनको मोर्चा रहेको बताउनुभयो । खाली कम्युनिष्ट पार्टीहरु बिभाजित हुन्छन् भन्ने सन्देश गएको छ । अब कम्युनिष्ट पार्टीहरु पनि जुट्छन् भन्ने देखाउन पनि मोर्चाबन्दी रिएको अध्यक्ष प्रचण्डले बताउनुभयो । पर्छ भन्ने ज्ञान भएन र? आज आएर आफुले गरेको गल्तिलाइ ढाक छोप गर्न नखोजे हुने थियो। १ हेक्टर जमिन बराबर कति कठ्ठा वा रोपनी त्यसको जानकारी नभए अरुको भरमा समाचार लेख्नु राम्रो होइन। सरकारले त्यहाँको जनताको काम गरे गरेन वा त्यहाँको जनताले पाउने सेवा चुस्त दुरुस्त भए नभएको त्यहाँको जनतालाई थाहा छ।तपाईको पत्रकारीताले समाजले के आशा गर्ने हेटौंडा बसेर केबल विज्ञापनको लागि मात्रै काम गर्नेहरुले समाजमा भएको वेथिती र विसङ्गतीको बारेमा लेख्लान र? पैसाको जे पनि गर्न तयार हुने यस्ता पत्रकारीताले खासै राम्रो गरेको काम गरेको देखिदैन ।

Krishna bahadaur thing २५ भाद्र २०८०, सोमबार

पालिकाको गरिमय पधमा बसेर अध्यक्ष भयो भन्दैमा यसरी मोहि हु ठुलो भन्ने मन साइले त फेरि मागी खानु पर्ने हुन्छ । माओवादीको सरकार भयो भन्दैमा भुइ नहेरी हिन्न त नहुने हो ।

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार