सदीक्षा नेपाल
गणतन्त्र आए पनि देशमा विकास भाको छैन
व्यवस्था नै फेरे पनि नियत फेरिएको छैन
नागरिकले सुखी भई जिउन पाउने कहिले होला ?
देश बनाउछु भन्नेहरू इमानदार कहिले बन्ने होला
आयो आयो आयो हजुर गणतन्त्र आयो
तर गणतन्त्रले खै के चैँ सुधार ल्यायो ?
पहिला एकले देश चलाउँथे अहिले हजार भाछन्
देश विकासको बजेट पनि निजी खर्चमा लाछन्
नेता मात्र हैन हजुर जनता नि त्यस्तै
चुनाव आउनु हुन्न यहाँ खानैपर्ने पैसै
आफ्नो पक्ष लाग्ने जति सबै राम्रो हुने
राम्रा र दक्ष जति परदेश तिरै भाग्ने
राजतन्त्र फिर्ता हैन, गणतन्त्रमा सुधार गरौँ
असल जनप्रतिनिधि छानी देशलाई अब उज्ज्वल पारौँ ।
प्रगति मावि
कक्षाः– ८
समय सान्दर्भिक रचना छाेरी🌺
सकारात्मक कुरालाई पनि उठाउने । अनुप्रास मिलाएर लेख्ने प्रयास भएको छ। समग्रमा प्रयास राम्रो छ ।