मुख्य समाचार
हेटौंडामा तामाङ पत्रकारहरुका लागि ३ दिने तामाङ (तामायिग) लिपी प्रशिक्षण सुरु | बुढीचौरका गृहिणी मौरीपालन तालिममा | जिल्ला संयोजक थापाद्वारा एपिकल एकेडेमीमा स्क्रयाबल कार्यशाला सम्पन्न | जिल्ला प्रशासन कार्यालयद्धारा राष्ट्रिय परिचयपत्र सेवामा समय विस्तार | बागमती प्रदेश विश्वविद्यालयको प्रथम वार्षिक दिवस समारोह सम्पन्न | लायन्स कलबद्धारा विद्यालयमा सागग्री वितरण | कैलाश ४ ज्यान्द्रुङमा वर्थिङ सेन्टर उद्घाटन | कैलाशका केउरेनी-धुसा र पकनीलाई पूर्ण सरसफाई घोषणा | रानी वनको वक्तृत्वकलामा वंशगोपालका सज्जित लामिछाने प्रथम | किरात देबास राई उत्थान समाज नेपालको भूमिका र योगदानः उपेक्षित पहिचानको पुनरुत्थान |

नेल्टाको बागमती प्रदेश सम्मेलन सम्पन्न, अध्यक्षमा ठाकुर

Nigarani Online 520+ समाचार ( )
२० अशोज २०८०, शनिबार

 अङ्ग्रेजी भाषा शिक्षकहरूको संगठन नेल्टा बागमतीको सम्मेलन शनिबार हेटौंडामा सम्पन्न भएको छ ।

 नेल्टा बागमती प्रदेश अध्यक्ष गणेशप्रसाद हुमागाईँको  अध्यक्षता तथा सामाजिक विकास मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानको विशेष आतिथ्यता रहेको थियो ।  नेल्टा केन्द्रीय अध्यक्ष मोतिकला सुब्बा देवान, कोषाध्यक्ष अशोक सापकोटा, बिश्व गौतम, रेलो अमेरिकन राजदुतावास नेपालका रोजर कोहेनले  सम्मेलनमा विभिन्न शीर्षकमा प्रस्तुति गर्नुभएको थियो । 

सम्मेलनले रामेश्वर ठाकुरको अध्यक्षतामा सबै जिल्लाको प्रतिनिधित्व हुनेगरी १९ सदस्यीय समिति गठन गरेको छ । वरिष्ट उपाध्यक्षमा किशोर पराजुली,  उपाध्यक्ष युवराज सुवेदी,महासचिव संगम चौलागाई, सचिव वीरबल लामा, सदस्य सचिव सृजना पौडेल,कोषाध्यक्षमा बेगबहादुर थापा र सदस्यहरूमा गणेशबहादुर थापा, शान्ति अधिकारी, नानीबाबु घिमिरे,उत्तम अर्याल, दीपक सिटौला, श्रीकृष्ण कडेल,  चयन हुनुभएको थियो । 

कार्यक्रममा नेल्टा बागमती जर्नलमा योगदान गरेबापत ७ जना र प्रदेश समितिलाई योगदान गरेको मूल्याङ्कन गर्दै ११ ओटा नेल्टा जिल्ला समितिलाई सम्मान गरिएको थियो । कार्यक्रममा १२ जिल्लाका अङ्ग्रेजी भाषा शिक्षकहरूको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार