नेकपा एमालेको वाग्मती प्रदेशको नयाँ नेतृत्व चयनका लागि भालि बिहान मतदान सुरु हुने भएको छ । शुब्रबार विहान ८ बजेदेखि मतदान सुरु हुने भएको हो । विद्युतीय मेसिनमार्फत मतदान हुने भएकाले नतिजा आउन समय नलाग्ने पार्टीले जनाएको छ ।
नेकपा एमालेको बागमती प्रदेश कमिटीको अध्यक्ष पदमा पाँचजनाको उम्मेदवारी परेको छ ।
रामेछापका कैलाश ढुंगेल, मकवानपुरका कृष्णप्रसाद दाहाल, केशरबहादुर बुढाथोकी, सानुकुमार श्रेष्ठ र केशव राज पाण्डेले उम्मेदवारी दर्ता गराएका हुन् ।
यस्तै, उपाध्यक्षमा पाँचजनाको उम्मेदवारी परेको छ । सुवासचन्द्र ठकुरी, नारायणप्रसाद खतिवडा, दावादार्जे लामा, ईश्वरचन्द्र पोखरेल, र राजेन्द्र राजथलाले उपाध्यक्षमा उम्मेदवारी दिएका हुन् ।
यस्तै, सचिवमा रत्न गुरुङ, नवराज सिलवाल, हस्त पण्डित र राकुमार अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् ।
यस्तै, उपसचिवमा काभ्रेकी रिता गौतम ढकाल, प्रेमबहादुर महर्जन खड्गबहादुर खत्री, गंगादेवी श्रेष्ठ, डबल पाण्डे, टासी लामा, भक्तकुमारी लामा, ओमराज पन्त, ठाकुरप्रसाद गजुरेल, कृष्णहरी थापा र रमेश महर्जनले उम्मेदवारी दिएका हुन् ।