मुख्य समाचार
हेटौंडामा तामाङ पत्रकारहरुका लागि ३ दिने तामाङ (तामायिग) लिपी प्रशिक्षण सुरु | बुढीचौरका गृहिणी मौरीपालन तालिममा | जिल्ला संयोजक थापाद्वारा एपिकल एकेडेमीमा स्क्रयाबल कार्यशाला सम्पन्न | जिल्ला प्रशासन कार्यालयद्धारा राष्ट्रिय परिचयपत्र सेवामा समय विस्तार | बागमती प्रदेश विश्वविद्यालयको प्रथम वार्षिक दिवस समारोह सम्पन्न | लायन्स कलबद्धारा विद्यालयमा सागग्री वितरण | कैलाश ४ ज्यान्द्रुङमा वर्थिङ सेन्टर उद्घाटन | कैलाशका केउरेनी-धुसा र पकनीलाई पूर्ण सरसफाई घोषणा | रानी वनको वक्तृत्वकलामा वंशगोपालका सज्जित लामिछाने प्रथम | किरात देबास राई उत्थान समाज नेपालको भूमिका र योगदानः उपेक्षित पहिचानको पुनरुत्थान |
मुख्य समाचार
हेटौंडामा तामाङ पत्रकारहरुका लागि ३ दिने तामाङ (तामायिग) लिपी प्रशिक्षण सुरु | बुढीचौरका गृहिणी मौरीपालन तालिममा | जिल्ला संयोजक थापाद्वारा एपिकल एकेडेमीमा स्क्रयाबल कार्यशाला सम्पन्न | जिल्ला प्रशासन कार्यालयद्धारा राष्ट्रिय परिचयपत्र सेवामा समय विस्तार | बागमती प्रदेश विश्वविद्यालयको प्रथम वार्षिक दिवस समारोह सम्पन्न | लायन्स कलबद्धारा विद्यालयमा सागग्री वितरण | कैलाश ४ ज्यान्द्रुङमा वर्थिङ सेन्टर उद्घाटन | कैलाशका केउरेनी-धुसा र पकनीलाई पूर्ण सरसफाई घोषणा | रानी वनको वक्तृत्वकलामा वंशगोपालका सज्जित लामिछाने प्रथम | किरात देबास राई उत्थान समाज नेपालको भूमिका र योगदानः उपेक्षित पहिचानको पुनरुत्थान |


बकैया–कला साहित्य महोत्सव–२०८१ मा विभिन्न स्रष्टाहरू सम्मानित हुँदै

Nigarani Online 520+ समाचार ( )
१० फाल्गुन २०८१, शनिबार

  

मकवानपुर । मकवानपुरको अग्रणी साहित्यिक संस्था झरना साहित्यिक परिवार मकवानपुरको आयोजनामा बकैयाकला साहित्य महोत्सव२०८१ हुने भएको छ ।

 

झरना साहित्यिक परिवार मकवानपुरको ३१३ औं साहित्य शृङ्खला एवम् ३२ औं वार्षिक उत्सवका अवसरमा बकैयाकला साहित्य महोत्सव२०८१ हुन लागेको शनिबार झरना साहित्यिक परिवार मकवानपुरको सचिव मसान उपासकले पत्रकार सम्मेलन मार्फत जानकारी दिनुभएको छ ।

 

आगामी फागुन १६१७ गते बकैया५ कर्मप्राप्ति माविमा हुने महोत्सवमा पुरस्कार समर्पण, चित्रकला प्रदर्शनी, पत्रिका विमोचन, विभिन्न जातजातिका नृत्यहरूबकैयाको काव्य महक, समकालीन गजल मुक्तक उत्सव, पालिका अध्यक्षलाई १० प्रश्न, समकालीन काव्य उत्सव, सम्मानित स्रष्टाको रचना वाचन र नवसर्जक रचना वाचन हुने आयोजकले जानकारी दिएको छ ।

 

कर्मप्राप्ति मावि बकैया५ मकवानपुरको सहकार्यमा हुने उक्त महोत्सवको प्रायोजक बकैया गाउँपालिका रहेको आयोजकले जनाएको छ ।

 

साहित्यसेवी नुरप्रसाद गौतमले मातापिताको सम्मानमा स्थापना गर्नुभएको नगद रू. २१ हजार १ सय २१ राशिसहितको होमनाथटीकामाया प्रतिभा सम्मान भैरहवाका स्रष्टा प्रा।डा। कपिल लामिछानेलाई प्रदान गरिने भएको छ ।

 

त्यस्तै साहित्यसेवी रमेशमोहन अधिकारीले मातापिताको नाममा स्थापित नगद रू. १५ हजार ५ सय ५५ राशि सहितको शिवसावित्री अधिकारी स्मृति मुक्तक सम्मान२०८१ इलामका शिव अधिकारीलाई प्रदान गरिने भएको छ । उक्त पुरस्कार चैतको चौँथो शनिबार हेटौँडामा आयोजना हुने मुक्तक साँझमा प्रदान गरिने आयोजकले जनाएको छ ।

 

त्यस्तै, साहित्यसेवी विनोद सुवेदीले मातापिताको नाममा स्थापित पुरस्कार नगद रू. १५ हजार ५ सय ५५ राशिसहितको बाबुलालभोजमाया स्मृति साहित्य सम्मान२०८१ मकवानपुरका मुक्तककार देवराज खरेललाई प्रदान गरिने भएको छ।

 

साहित्यसेवीहरू अर्पण पराजुली र दर्पण पराजुलीले मातापिताको सम्मानमा स्थापित नगद रू ८ हजार ५ सय राशि सहितको खडानन्दमनमाया प्रतिभा सम्मान२०८१ मकवानपुरका बिर्खे अञ्जानलाई प्रदान गरिने भएको छ ।

 

साहित्यसेवी राजन दङ्गालले आफ्नो दिवङ्गत छोरीको स्मृतिमा स्थापना गरेको नगद रू. ७ हजार ७ सय ७७ राशिसहितको सुशीला दङ्गाल स्मृति सिर्जनशील नारी सम्मान२०८१ गजलकार बबी थापालाई प्रदान गरिने छ ।

 

साहित्यसेवी तुलसी गिरीद्वारा स्थापित नगद रु। ७ हजार ७ सय ७७ सहितको सञ्जीवनी बुटि साहित्य सम्मान२०८१ बाराका नियात्राकार अप्सरा पुडासैनीलाई प्रदान गरिने भएको छ ।

 

मकवानपुरमा रही यस संस्थाको प्रचारप्रसार गर्न पत्रकारिताका माध्यमबाट सहयोग गरेवापत प्रदान गरिने स्व.गोकर्ण गौतमको परिवारद्धारा स्थापना गरिएको नगद रु. ११ हजार १ सय ११ सहितको गोकर्ण गौतम स्मृति पत्रकारिता सम्मान२०८१ मकवानपुरका निगरानी अनलाइनमा कार्यरत पत्रकार ज्योति न्यौपानेलाई प्रदान गरिने भएको छ ।  उनी निगरानी अनलाइनका पूर्व सम्पादकसमेत हुन् ।

 

बकैयाका नवप्रतिभाको सम्मान गर्ने हेतुले बकैयाका चन्द्रकुमार राईले स्थापना गरेका रु ५ हजार ५ सय ५५ रुपैयाँ राशीको झरनाबकैया नवप्रतिभा पुरस्कार२०८१ पुरस्कार सन्तोष वि.क.लाई प्रदान गरिने भएको छ ।

 

बकैया गाउँपालिकाका उपाध्यक्ष भक्तबहादुर खत्रीले आफ्ना पिताको नाममा स्थापित नगद रु. ७ हजार ७ सय ७७ सहित खिमबहादुर खत्री स्मृति कलाकारिता सम्मान२०८१ गरेको पुरस्कार मुर्तिकार ओमभक्त भण्डारीलाई प्रदान गरिने भएको छ ।

 

जर्नादन खनालले आफ्ना मातापिताको नाममा स्थापना गरेको नगद रु ७ हजार ७ सय ७७ राशिसहित ऋषेश्वररुक्मिणीलक्ष्मीदेवी खनाल साहित्य सम्मान२०८१ ललितपुरका रत्न विरही घिमिरेलाई प्रदान गरिने भएको छ ।

 

बकैया गाउँपालिकाभरीका विद्यालयमध्ये उत्कृष्ट शिक्षक सम्मान २०८१ बुद्ध माविका हरी घिमिरे प्रदान गरिने भएके छ ।

 

पत्रकार सम्मेलनमा अध्यक्ष विश्वनाथ सन्जेल, उपाध्यक्ष चिरञ्जीवी लामिछाने र सचिव मसान उपासकको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

Saroj Lamichhane १० फाल्गुन २०८१, शनिबार

Great

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार