हेटौँडा १२ को वडाध्यक्ष पदमा वैशाखमा निर्वाचन गर्ने तयारी

Nigarani Online 499+ समाचार ( )
६ अशोज २०८०, शनिबार

हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ मा रिक्त रहेको वडाध्यक्षका लागि निर्वाचन आगामी वैशाखमा हुने भएको छ । 

हेटौँडा वडा नम्बर १२ बाट निर्वातित वडाध्यक्ष ललित घलान जिल्ला समन्वयसमितिको अध्इक्ष भएपछि सो पद रिक्त रहेको थियो । रिक्त रहेको सो पदमा अहिले वडा सदस्य महेश भट्टराईले कार्यबाहक अध्यक्षको जिम्मेवारी सम्हालिरहनुभएको छ । 

ललित घलान नेकपा माओवादी केन्द्रबाट निर्वाचितहुनुभएको थियो । जिल्ला समन्वय समिति मकवानपुरको नेतृत्व नेकपा माओवादीको भागमा पुेपछि ललित घलानले वडाध्यक्ष पदबाट राजीना दिएर समन्वय प्रमुख बन्नुभएको थियो । 

निर्वाचन आयोगले देशभर रिक्त रहेका जनप्रतिनिधिहरूको निर्वाचन वैशाखमा गर्ने तयारी गरेको छ । देशभर २२  जनप्रतिनिधि रिक्त रहेको पाइएको छ । निर्वाचन आयोगका अनुसार एक÷एक प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यको पद रिक्त छ ।

संविधान सभाका अध्यक्ष सुवास नेवाङको निधन भएपछि प्रतिनिधि सभा इलाम क्षेत्र नम्बर १ रिक्त भएको छ । ४ मंसिर २०७९ मा भएको निर्वाचनमा इलाम १ बाट नेम्वाङ निर्वाचित भएका थिए ।

सुदूरपश्चिम प्रदेश सभा बझाङ निर्वाचन क्षेत्र नम्बर १ मा उपनिर्वाचन गर्नुपर्ने छ । ४ मंसिर २०७९ मा भएको चुनावमा यस क्षेत्रबाट निर्वाचित प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको निधनपछि उक्त पद रिक्त भएको हो ।

यसैगरी जिल्ला समन्वय समितिको प्रमुख कैलालीका लागि उपनिर्वाचन हुने छ । हेटौँडा १२ सहित १७ जना वडाअध्यक्षहरुको पद रिक्त छ । गढी गाउँपालिका ६ , त्रियुगा नगरपालिका–१२ , इशानाथ नगरपालिका ७ , राजपुर नगरपालिका–६ , कीर्तिपुर नगरपालिका ४ का , ककनी गाउँपालिका–२ गोरखा नगरपालिका–५ , मुसिकोट गाउँपालिका–१ , घिमिरे रुन्टीगढी गाउँपालिका–४ , ठाकुरबाबा नगरपालिका–४ मा वडाध्यक्ष उपनिर्वाचन गर्ने आयोगको तयारी छ । यसैगरी तिलागुफा नगरपालिका–४ ा, कुशे गाउँपालिका–७ , दुहुँ गाउँपालिका–५ , सुर्मा गाउँपालिका–४ , पूर्वाचौकी गाउँपालिका–६  र काठमाडौं महानगरपालिका–१६ मा वडाध्यक्षका लागि उपनिर्वाचन गर्नुपर्ने निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगका अधिकारीहरुका अनुसार उपनिर्वाचनको विषयमा सरकारसँग संवाद चलिरहेको छ ।


प्रतिक्रिया

बखत बहादुर चेपाङ ६ अशोज २०८०, शनिबार

सहि निर्णय

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार