वंशगोपाल माविको प्रधानाध्यापकमा ललन कुमार पाण्डे

Nigarani Online 499+ समाचार ( )
१८ वैशाख २०८१, मङ्गलबार

हेटौँडा ६, चौघडामा रहेको वंशगोपाल माध्यमिक विद्यालयको प्रधानाध्यापकमा  ललन कुमार पाण्डेय  नियुक्त हुनुभएको छ  ।

विद्यालयका प्रधानाध्यापक रमेशप्रसाद लामिछानेको उमेर हदका कारण अनिवार्य अवकास भएपछि रिक्त रहेको प्रधानाध्यापक पदमा   सोही विद्यालयका सहायक प्रधानाध्यापक ललन कुमार पाण्डेयलाई नियुक्त गरिएको हो । 

मंगलबार  बसेको विद्यालय व्यवस्थापन समितिको बैठकले पाण्डेयलाई प्रधानाध्यापकको जिम्मेवारी दिइएको हो । विद्यालयमा माध्यमिक तह द्वितीय श्रेणीका शिक्षक श्री ललन कुमार पाण्डेय २०४९ भाद्र १ गते माध्यमिक तह अस्थायी गणित विज्ञान शिक्षकका रूपमा यस विद्यालयमा  प्रवेश गर्नुभएको थियो ।    माध्यमिक तहमा २०६३ असोज १ मा  स्थायी नियुक्ति लिई २०७० माघ २४ गते माध्यमिक द्वितीय श्रेणीमा बढुवा हुनुभएको थियो । 

 विद्यालयमा  २०६९ श्रावण १ गतेदेखि नै सहायक प्रधानाध्यापकको जिम्मेवारीमा रहनुभएका पाण्डेले विज्ञान सङ्कायमा स्नातक र शिक्षा शास्त्र सङ्काय अन्र्तगत गणित विषयमा स्नातकोत्तर गर्नुभएको छ । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार