हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ बेलडाँडास्थित गुप्तेश्वर महादेव मँिदर परिसरमा श्रीमद्भागवत ज्ञान महायज्ञ एवम् अभिषेकात्मक महारुद्री दिव्य महाअनुष्ठान आयोजना हुने भएको छ ।
ज्ञान महायज्ञ तथा अभिषेकात्मक महारुद्री यही चैत २१ गतेदेखि २९ गतेसम्म हुने मूल आयोजक समितिका संयोजक राजेन्द्र ढुङ्गानाले जानकारी दिनुभयो ।
श्रीमद्भागवत ज्ञान महायज्ञ एवं अभिषेकात्मक महारुद्री दिव्य महाअनुष्ठानमा पं. दीपज्योति शास्त्रीबाट सङ्गितमय कथा प्रवचन तथा उपव्यास पंण्डित बिनोद सुवेदीबाट मुल पाठपारायण, गरिने आयोजकले जानकारी दिएको छ ।
सोही अवसरमा ब्राम्हण बटुकद्वारा अभिषेकात्मक महारुद्री पाठपारायण तथा मन्दिर प्राणप्रतिष्ठा हुने संयोजक ढुङगानाले बताउनुभयो ।
महायज्ञबाट सङ्कलित रुकम सो क्षेत्रको विकासका लागि खर्च गरिने बताइएको छ । गुप्तेश्वर क्षेत्र विकास कोषको भौतिक पूर्वाधार विकासका लागि गत वर्ष वाग्मती प्रदेश सरकारले १० लाख रुपियाँन् बजेट विनियोजन गरेको थियो ।
महायज्ञकै अवसरमा २८ गते तिलार्चन र एक करोड दीप प्रज्ज्वलन गर्ने कार्यक्रम रहेको छ । सो कार्यका लागि बत्ती सहयोग गर्न पनि आयोजकले सबैमा अनुरोध गरेको छ ।