बागमती प्रदेशका आर्थिक मामिला तथा योजना कुन्दन राज काफ्लेले आगामी आर्थिक वर्ष २०८२÷८३ को बजेट आय र उत्पादनमा आधारित विनियोजन गरिने बताएका छन् । मंगलवार आगमी आर्थिक वर्ष २०८२÷८३ का लागि विनियोजन विद्येयक सिद्धान्त र प्राथमिकता सम्बन्धमा सभामा बाल्दै उनले अनुदान र राजश्व बाँडफाँडमा आधारित बजेट विनियोजन गरिने बताएका हुन् । अर्थमन्त्री काफ्लेले संविधान प्रवद्ध अधिकार संघीय सरकार र प्रदेश सरकारको आवद्यिक योजना र दिगो विकासका लक्ष्य प्राप्तिलाई महत्वपुर्ण आधारको रुपमा लिई आगामी आर्थिक वर्ष विनियोजनक विद्येयकका सिद्धान्त र प्राथमिकताहरु तय गरेको दाबी गरे । उनले बागमती प्रदेशमा स्वास्थ्य , शिक्षा , भौतिक पुर्वाधार , खानेपानी तथा सिचाँई , खेलकुद , पर्यटन र यातायातका क्षेत्रहरुमा उपलब्धीमुलक कार्यहरु भएको दाबी समेत गरे । काफ्ले प्रदेश भित्र स्वदेशी तथा विदेशी लगानीलाई प्रोत्साहन गर्ने गरी बजेट तर्जुमा गर्नुका साथै उत्पादन उत्पादकत्व बृद्धि र आर्थिक तथा सामाजिक पुर्वाधारको विकास निजि क्षेत्रको भुमिकालाई जोड दिदै सार्वजनिक निजि साझेदारीका आधारमा कार्यक्रम सञ्चालन गरिने बताए । ‘रोजगारीको अवसर , सार्वजनिक निजि र सहकारी क्षेत्रसँगको सहकार्य प्रदेश अर्थतन्त्रलाई रुपान्तरण गर्ने गरी कृषि , उद्योग, पर्यटन , उर्जा सिँचाई र पुर्वाधारका क्षेत्रहरुको विकास र विस्तार गरि रोजगारीका अवसर सिर्जना गर्नेछौं । प्रदेश गौरवका आयोजना , क्रमागत आयोजना र अधुरा आयोजनाहरुलाई समयमै सम्पन्न गर्ने गरी आवश्यक बजेट ब्यवस्था गर्नेछौं ,’अर्थमन्त्री काफ्लेले भने ,‘वातावरणीय प्रभाव मुल्याकंन , सम्भाव्यता अध्ययन जग्गा प्राप्तिजस्ता पुर्व तयारी भएका आयोजनालाई आयोजना बैंक समावेश गरी प्राथमिकताको आधारमा बजेट विनियोजन गरिने छ ।’ अर्थमन्त्री काफ्ले प्रदेशको आन्तरिक आयमा सहयोग पुग्ने क्षेत्रहरुमा लगानी बढाउन आगामी आर्थिक वर्षको बजेट केन्द्रित गर्नुका साथै नितिगत , संरचनागत सुधारमार्फत करका दायरा बिस्तार गर्ने र राजश्व चुहावट नियन्त्रणका गर्दै सम्भाव्यता स्रोतको खोजी गरी प्रदेशको आन्तरिक आय बृद्धि गरिने बताए ।