मुख्य समाचार
मधेशको मुक्तिका लागि अझै संघर्ष आवश्यक छ "पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतो" | वंशगोपालको वार्षिक खेलकुदमा विविध कार्यक्रम | अपर तामाकोशि जलविद्युत परियोजनाका निर्माणधीन सबस्टेसनको विषयलाई लिएर प्रहरी र स्थानियबिच झडप | जसपा नेपाल मकवानपुरको कारबाहीमा घलान साधारण सदस्य पनि नरहने | नेपाल राष्ट्रिय शिक्षक संगठन हेटौंडामा पोखरेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन | बागमती गोल्डकप फुटबल प्रतियोगिता फागुन १ गतेदेखि पालिकाको आफ्नै रंगशालाबाट हुने | बेल्टटेस्ट ग्रेडिङ कार्यक्रम सम्पन्न | चितवनमा भेटिए ५५ प्रजातिका चरा | प्रगति माविबाट एसइईमा चार जिपीए ल्याउने विद्यार्थीलाई वडा कार्यालयले दश हजार पुरस्कार दिने | तिम्रो बुढो बिदेशमा हो ? |

संस्कृति घेदुङका पूर्वअध्यक्ष एवं सांस्कृतिक अभियन्ता गोलेको स्मृतिसभा,ङोवा मोलम कार्यक्रम सम्पन्न

Nigarani Online 450+ समाचार ( )
३१ भाद्र २०८०, आइतबार

नेपाल तामाङ संस्कृति घेदुङले शनिबार आफ्ना सल्लाहकार,पूर्व अध्यक्ष एवं सांस्कृतिक अभियन्ता स्व. दोर्जे गोलेको पहिलो स्मृतिसभा तथा ङोवा मोलम कार्यक्रम गरेको छ ।

घेदुङको संघीय कार्यालय चुच्चेपाटी,बौद्धमा स्मृतिसभाको आयोजना गर्दै संस्कृति घेदुङले गोलेले तामाङ समुदायका लागि पुर्याउनुभएको योगदानको सम्झना गरेको हो ।

संस्कृति घेदुङका अध्यक्ष छेवाङ तेन्जिङ लामाको अध्यक्षतामा आयोजित कार्यक्रममा प्रमुख अतिथि नेपाल तामाङ घेदुङका अध्यक्ष मोहन गोलेले दोर्जे गोले तामाङ समुदायको एक सांस्कृतिक योद्धा रहेको उल्लेख गर्दै उहाँलाई गुमाउनुपर्दा आफूहरु अत्यन्तै पिडामा रहेको बताउनुभयो ।

उहाँले गोलेसँगको सहकार्यलाई अमिट छापको रुपमा सदैव स्मरण गरिरहने पनि बताउनुभयो । अध्यक्ष गोलेले सांस्कृतिक अभियन्ता गोलेको बाँकी सपनाहरु पूरा गर्न तामाङहरु एक हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले भन्नुभयो—‘सदियौंदेखि तामाङ समुदायभित्रका दोर्जे गोलेहरुले देखिदै आएको हजारौं सपनाहरु पूरा गर्नका लागि सबै तामाङहरु एकजुट हुन आवश्यक छ,आज पहिचानसहितको हाम्रो अधिकार जोडिएको ताम्सालिङ प्राप्तिका लागि तन,मन,धनकासाथ लागि पर्न उहाँबाट थप प्रेरणा मिल्ने मेरो विश्वास छ । ’

कार्यक्रमका अतिथि नेपाल तामाङ घेदुङका सहअध्यक्ष कुमार घिसिङले तामाङ समुदायमा दोर्जे गोलेको योगदान अमुल्य रहेको धारणा व्यक्त गर्नुभयो । उहाँले आफ्नो सहयोद्धा गुमाउनुपर्दा अत्यन्तै पिडा महसुस भएको बताउनुभयो ।

कार्यक्रममा नेपाल तामाङ संस्कृति घेदुङका प्रमुख सल्लाहकार प्रेम लो,गोले वंश उत्थान समाजका अध्यक्ष मीन बहादुर गोले,छ्योर्तेन टासी तामाङ गुम्बाका अध्यक्ष हरि लामा लगायतले पनि अभियन्ता गोलेले तामाङ समुदायमा पुर्याउनुभएको योगदानको चर्चा गर्नुभएको थियो ।

संस्कृति घेदुङका अध्यक्ष छेवाङ तेन्जिङ लामाले तामाङ समुदायले स्व.दोर्जे गोलेबाट धेरै कुरा सिक्न सकिने तर्क गर्नुभयो । स्व. गोलेले समुदायमा सांस्कृतिक पुर्नजागरणमार्फत सकारात्मक परिवर्तनमा खेलेको भूमिका सम्झना गर्ने क्रममा यस खालको कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो ।

कार्यक्रमको विशिष्ट अतिथिको रुपमा धर्मगुरु खेन रिम्पोक्षे सोनाम ग्युर्मे वल हुनुहुन्थ्यो । उहाँद्वारा ङोवा मोलाम गरिएको थियो ।

कार्यक्रमका अतिथिहरुमा नेपाल तामाङ घेदुङका उपमहासचिव जगत दोङ,घेदुङका सूचना सञ्चार विभाग प्रमुख तिर्थमान वल,तामाङ रुइवा वंशावली विभाग प्रमुख दिनेश लो लगायत पनि हुनुहुन्थ्यो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार