मुख्य समाचार
नेपाल उद्योग व्यापार महासघं मकवानपुरको अध्यक्षमा जगदिश दाहाल | रेलमा डीबी बर्तौलाको 'उज्यालोका बाछिटा' विमोचन | प्रशिक्षक थापाद्वारा गौरीशिखर स्कूलमा प्रशिक्षण | वंशगोपालमा आधारभूत तह स्तरीय स्क्याबल प्रतियोगिता | प्रत्यक्ष निर्वाचित कार्यकारीको मागसहित दुई युवा अनसनमा | योङ इन्डिजिनिस्ट लिग हाई कमाण्ड्को बैठकले गर्यो ३ तिन महिने कार्यक्रमको घोषणा | छतिवनमा तीजविशेष कार्यक्रम | नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र) भीमफेदी गाउँपालिका ९ नं. वडा कमिटीको दोस्रो अधिवेशन सम्पन्न | वंशगोपालमा वादविवाद प्रतियोगिता सम्पन्न | योङ्ग कम्युनिस्ट लिग नेपाल (Ycl) हेटौंडा १९को अध्यक्षमा सुनिल सुनार |
मुख्य समाचार
नेपाल उद्योग व्यापार महासघं मकवानपुरको अध्यक्षमा जगदिश दाहाल | रेलमा डीबी बर्तौलाको 'उज्यालोका बाछिटा' विमोचन | प्रशिक्षक थापाद्वारा गौरीशिखर स्कूलमा प्रशिक्षण | वंशगोपालमा आधारभूत तह स्तरीय स्क्याबल प्रतियोगिता | प्रत्यक्ष निर्वाचित कार्यकारीको मागसहित दुई युवा अनसनमा | योङ इन्डिजिनिस्ट लिग हाई कमाण्ड्को बैठकले गर्यो ३ तिन महिने कार्यक्रमको घोषणा | छतिवनमा तीजविशेष कार्यक्रम | नेपाल कम्यूनिष्ट पार्टी (माओवादी केन्द्र) भीमफेदी गाउँपालिका ९ नं. वडा कमिटीको दोस्रो अधिवेशन सम्पन्न | वंशगोपालमा वादविवाद प्रतियोगिता सम्पन्न | योङ्ग कम्युनिस्ट लिग नेपाल (Ycl) हेटौंडा १९को अध्यक्षमा सुनिल सुनार |


नेपाल राष्ट्रिय शिक्षक सङ्गठन मकवानपुरको १८ औँ जिल्ला परिषद

Nigarani Online 427+ समाचार ( )
२२ असार २०८१, शनिबार

नेपाल राष्ट्रिय शिक्षक सङ्गठन मकवानपुरको १८ औँ जिल्ला परिषद शनिबार हेटौँडामा सम्पन्न भएको छ । 

जिल्ला अध्यक्ष श्रीराम दाहालको सभाध्यक्षता तथा सङ्गठनका केन्द्रीय सदस्य  लक्ष्मी गजुरेलको प्रमुख आतिथ्यतामा परिषद सम्पन्न भएको हो । कार्यक्रम सचिव मुकुन्द न्यौपानेले सञ्चालन गर्नुभएको थियो भने स्वागत मन्तव्य सहसचिव चन्द्रादेवी बलले गर्नु भएको थियो।

कार्यक्रममा साङ्गठानिक प्रतिवेदनमा सङ्गठनको पृष्ठभूमि,जिल्लाभित्र सङ्गठनको अवस्था र सुधारात्मक पक्षहरू गरी ३ वटा शीर्षकमा आफ्नो प्रतिवेदन  सङ्गगठनका सचिव मुकुन्द न्यौपानेले र सङ्गठनको आर्थिक प्रतिवेदन कोषाध्यक्ष भावना सापकोटाले प्रस्तुत गर्नुभएको थियो । उक्त प्रस्तावहरूमाथि सहभागी सङ्गगठनका साथीहरूबाट आआफ्नो रायसहित पास गर्नु भएको थियो ।

कार्यक्रमका अतिथि शिक्षकहित साकोसका उपाध्यक्ष मोहन शर्माले पेशागत सङ्गठन अति आवश्यक पर्ने भएकाले आवद्ध हुन अनुरोध गर्दै इमानदार र निष्ठाका साथ सङ्गठनमा लाग्न अनुरोध गर्नुका साथै शिक्षकहित साकोसको सदस्य बन्न र पेशागत रुपमा सबल हुनसमेत सहकारीमा आबद्ध हुन आग्रह गर्नुभयो ।

शिक्षक महासङ्घका जिल्ला अध्यक्ष जिधराज ढकालले कार्यक्रम सफलताको कामना गर्दै महासङ्घ निर्माणको बारेमा र शैक्षिक आन्दोलनका विषयमा आफ्नो विचार राख्नु भएको थियो ।

विशेष अतिथि पूर्ण पुरीले सचिव र कोषाध्यक्षको प्रतिवेदन अत्यन्त मिहिनेत गरेर प्रस्तुत गरेकोले जिल्ला समितिलाई धन्यवादसहित शैक्षिक आन्दोलन तथा सरकारलाई शिक्षा ऐन संशोधनका लागि प्रस्तुत गरिएको र सरकारले सधैं शिक्षकलाई अवहेलना गरेकोप्रति खेद प्रकट गर्नु हुँदै शिक्षक सङ्गठनका साथीहरूले अझै बलियो उपस्थितिका साथ शैक्षिक गतिविधिहरूमा सक्रिय रुपमा लाग्न अनुरोधसाथ हौसला प्रदान गर्नुभएको थियो साथै यो मकवानपुर संगठनको जननी जिल्लासमेत भएका हुनाले यो जिल्लाले त्यसको गरिमा थप प्रकाश पार्न कतै पनि चुक्न नहुने धारणा व्यक्त गर्दै कार्यक्रम सफलताको कामनासाथ आफ्नो शुभकामना मन्तव्य राख्नुभएको कुरा प्रचार विभाग प्रमुख डी.बी.बर्तौलाले जानकारी दिनुभयो।

कार्यक्रमका प्रमुख अतिथि शिक्षक सङ्गठन केन्द्रीय सदस्य लक्ष्मी गजुरेलले पालिकामा सङ्गठनको गतिविधिलाई तीब्र रुपमा अगाडि बढाउनु पर्ने साथै सदस्यता नवीकरण,शैक्षिक तथा रचनात्मक कार्यक्रममा जोड दिनु पर्ने,शिक्षक महासङ्घ गठन निर्माणतर्फ ध्यान केन्द्रित हुनुपर्ने र शिक्षकका वास्तविक समस्यामा केन्द्रित हुँदै समाधान गर्न एकताबद्ध हुनु पर्ने तथा शिक्षकहित साकोसमा समेत आबद्ध हुन अनुरोध गर्दै अगाडि बढ्न सम्पूर्ण उपस्थित सङ्गठनका साथीहरुलाई उत्प्रेरणा दिँदै कार्यक्रम सफलताको कामनासाथ मन्तव्य राख्नु भएको थियो। 

कार्यक्रममा बागमती प्रदेशका महासचिव पूर्ण पुरी ,प्रदेश कोषाध्यक्ष लक्ष्मी भण्डारी ,प्रदेश सदस्यत्रय सुनिल गौतम ,बालकुमार श्रेष्ठ ,लक्ष्मी प्याकुरेल तथा प्रदेशका पूर्व सचिवालय सदस्य मोहन शर्मा,जिल्ला सल्लाहकार गोविन्द चौलागाईं,शिक्षक महासङ्घ जिल्ला अध्यक्ष जिधराज ढकाल , सङ्गठनका नेता मोहन न्यौपाने, शिक्षक महासङ्घ हेटौंडा उपमहानगरपालिकाका अध्यक्ष दीपक अधिकारी,जिल्ला उपाध्यक्षद्वय कृष्ण पौडेल,प्रतिमा गौतम ,सहकोषाध्यक्ष सबिता लामिछाने ,सचिवालय सदस्य डीबी बर्तौला,भिमफेदी गापा सङ्गठनका अध्यक्ष कृष्ण पोखरेल,हेउनपा सङ्गठनका अध्यक्ष गोपीरमण प्याकुरेल तथा सचिव देवराज शर्मालगायत १० वटै पालिकाका अध्यक्ष तथा प्रतिनिधिहरू र सङ्गठनका सम्पूर्ण साधारण सदस्यहरूलगायतका व्यक्तित्वहरूको उत्साहजनक  उपस्थितिमा भव्यताका १८ औं जिल्ला परिषद सम्पन्न भएको कुरा प्रचार विभाग प्रमुख डी.बी.बर्तौलाले जानकारी दिनुभयो।       

अन्तमा कार्यक्रमका सभाध्यक्ष सङ्गठनका अध्यक्ष श्रीराम दाहालज्यूले शिक्षकहरुको समग्र अवस्थाका बारेमा जानकारी गराउँदै सदस्य नवीकरणको अवस्था,रचनात्मक कार्यहरूमा जोडिन र सङ्गठनका पालिका कमिटिले तिब्र रूपमा साङ्गठनिक गतिविधिमा लाग्न र अधिवेशनको वर्षसमेत भएकाले सबै साथीहरू आआफ्नो जिम्मेवारीमा निरन्तर लाग्न उत्प्रेरित गर्दै शैक्षिक कार्यक्रम तथा आगामी योजनाका बारेमा जानकारी गराइ कार्यक्रमका  सभाध्यक्षले कार्यक्रमको समापन गर्नुभएको थियो।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार