हेटौँडा अस्पतालका डाक्टर उपचारका लागि किन हुँदैनन् गम्भीर ?

Nigarani Online 431+ समाचार ( )
७ भाद्र २०८०, बिहीबार

मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर १० देवीलाल थिङ हेटौँडा अस्पतालमा डाक्टरले गरेको उपचारमा गरेको लापरबाही देखेर छक्क परे । जिल्लाकै प्रमुख अस्पताल, सरकारी अस्पतालमा डाक्टर नर्सले उपचारमा गम्भीरता नदेखाएको देखर उनी तीन छक परे । उनलाई लाग्यो नेपालका सरकारी अस्पतालमा यस्तै प्रकारको उपचार पो हुँदो रहेछ । 

 जहाँ जिल्लाका ग्रामीण दूरदराजका विपन्न वर्गका नागरिक उपचारका लागि आउँछन्, यहाँको उपचारमा कसैले जवाफदेहीता नदेखाउँदा उनलाई लाग्यो नेपाल गरिबले पाउने उपचार यस्तै हुने हो  ?  

 उनी आफैँ यो लापरबाहीको सिकार हुनुभयो । कैलाशदेखि ७ महिने नातिको उपचारका लागि उहाँ हेटौँडा अस्पतालमा आउनुभएको थियो । छालाको राग भएका नातिको उपचार तुरुन्त सकेर घर फर्कनुपर्ने बाध्यता थियो थिङलाई ।  छिटो उपचार गरेर फर्कन पाए हेटौँडा बसाइको खर्च जोगिने थियो । उता वर्षाको समय खेतबारीमा अन्नबाली लगाउने वेला । चटारो त यहाँका डाक्टरलाई मात्र कहाँ हो त्योभन्दा बढी थियो गाउँका किसानलाई तर सरकारी अस्पतालका डाक्टरले आफ्नो व्यस्तताका अगाडि अरूको व्स्ततालाई के महत्व दिन्थे र ? 

उनीहरुले थिङका नातिको उपचारमा कुनै गम्भीरता देखाएनन् । अचानाको पिर खुकरीले के जान्नू भने जस्तै, देवीलाल थिङ समस्याले त्यहाँका डाक्टरलाई के छुन्थ्यो ? डाक्टरहरूका लागि यस्ता मानिस कति आउँछन् कति जान्छन् । 


थिङले हेटौँडा अस्पतालको आकस्मिक कक्षमा नातिलाई उपचारका लागि भर्ना गर्नुभयो । ७ महिनाका नाति छाला सम्बन्धी बिरामी थिए । तर उपचारका लागि चरोमुसो कोही देखा परेनन् । सुइ लगाउनका लागि डाक्टरले कुनै वास्ता गरेनन् ।  उनले एकजना सिस्टरलाई उपचारका लागि पहल गरिदिनु न भन्दा उल्टै डाक्टर खोज्न जाऊ पो भनिन् ।

थिङले हामीसँग गुनासो गर्दे भने , “म कैलाश १० बाट आएको । छिटो छरितो उपचार होला भनेर यहाँ आएको हुँ । आर्थिक सङ्कटको अवस्था छ । यहाँ अलि सहज होला भनेर आएको तर लापरबाही भयो । म जस्तो बोल्ने मानिसको उपचारमा त यस्तो लापरबाही हुन्छ भने निमुखाहरूको अवस्था कस्तो होला ?” । त्यहँी नजिकका अर्का बिरामीको अवस्था पनि यस्तै थियो । लामो समय हुँदासमेत उपचार नपाएको उनी गुनासो गर्दै थिइन् । 

२४ घण्टा बित्दा पनि एउटा सुईसमेत लगाइदिएनन् । लापरबाही पनि यति छ कि भनेर साध्यै छैन । थिङले भने । 

 यस विषयमा डाक्टर हरि खड्काले आफूले सबै सत्यतथ्य बुझेर उपचार गरिदिने बताए  । “तपाइँ मिडियाको मान्छे भन्दैमा मैले नबुझी कुरा गर्नु पनि भएन । ” उनले भने ।  बुझ्नु त पथ्र्याे नि भन्दा उनले भने थाहा पाउनु त प¥यो नि भन्ने ओठे जवाफ फर्काए । । 

उनले नजिकै रहेका अर्का व्यक्तिलाई तत्काल फोन गर्न आग्रह गरे र भने छालासम्बन्धी रोग रहेछ म अब गएर बुझ्छु भने । कहिलेकाहीँ नशा नखुलेर पनि सुई नदिएको हुन सक्ने उनले आशङ्का जताए । 

आकस्मिक कक्षकी नर्सले रगत परीक्षण गर्न आफूहरुले पठाइदिएको तर ल्याबबाट लापरबाही भएको बताए ।  छालामा औषधी पसाएर ३ दिनसम्म राखेर टिभी छ कि छैन भनेर हेर्नुपथ्र्याे । यसका लागि ल्याबमा पठाउँदा के के भयो थहा भएन । उहाँ जाँदाखेरि चाहिँ ल्याबको मान्छेले गरिदिनुभएन रे । तर ल्याबका मान्छेले पनि वास्ता गर्नुभएन छ । यो त्यति जटिल रोग पनि होइन । तत्काल गरिहाल्नु पर्ने रोग त होइन तर टाढाबाट आउनुभएकाले बुझेर गरिदिनुपर्ने हो । यसको नतिजा आउन पनि ३ दिन लाग्ने नर्सको भनाइ छ । 

हेटौँडा अस्पताल गरिबहरको अस्पताल हो । यो अस्पताल दूरदराजका नागरिकको सहज उपचार गर्ने अस्पतालको यस अस्पतालप्रति यहाँका नागरिकको भसो बढ्दै गइरहेको छ । यस्तो अवस्था यस्ता समस्या फेरि बसिल्झरहेन हो भने यसको विश्वसनीयता कहा हराए जाला ? यहाँ विपन्न वर्गले कसको भरमा उपचार पाउने ? आर्थि स्रोत मजबुद हुनेहरुले त जहाँ गएर पनि उपचार गर्लान् तर कमजोर वर्गले सहज उपचार। पाउनु पर्ने कुरालाई हेटौँडा अस्पतालले गम्भीरतापूर्वक लेओस् । 


प्रतिक्रिया

Jyoti magar ११ भाद्र २०८०, सोमबार

Ho hetuda hospital euta gatiya hospital ho jaha nata ramro beybasthapan xa nata ramro upachar nai.euta blood test garnu parda ta yeti lamo lainma basnu parne ani palo aauda nurse le ek choti blood nikalda 2 choti sue gochane.yasta yasta kura ta kati xann xann jati vane pani sune kohi hoena.ani doctors pani teystai 10 baje samma na aaune ani janalai chahi 3:30 vanda agadi nai jana pay hunthiyo vane ra Jane pani.risuthani🤬🤬🤬

मेरो नाम लछिमि पराजुली हो १० भाद्र २०८०, आइतबार

हेटौडा हस्पिटल मा भन्नै पर्दा नाम मात्र राम्रो तर तेहा हुनुपर्ने सुभिदा छैन खास गरी भन्न पर्दा एमेर जेन्सि बिरामी को लागी चाहिने आवश्यक पर्ने सामान बाइर जानुपर्छ

Ramesh thapa ९ भाद्र २०८०, शनिबार

hetauda hospital laparbahi bherai xa.tyaha rajnaitik party ko khel chalchha.sanchalak samiti testai rajnitik partyko hunchha.hospital samndhi gyan nahune haru samiti baschhan.matra bhratachar garna.ramro bhijanvayako bekti le sanchalan gare ramro hunchha.bhrattaharule chalayasi dinpratidin bigraidai jane ho saprenewala chhaina.yeuta aasalagdo bekti vaneko dipak sing chha .uhale chahema sudrina sakchha ki?

Indra ८ भाद्र २०८०, शुक्रबार

Yo yestai hospital ho jaha dengu jasto samannya upachaar hune rog ko report pahila negetive ani manxe marisake pachhi positive aauchha. Bhogeko kura.

Krishna bahadaur thing ७ भाद्र २०८०, बिहीबार

हेटौंडा हस्पिटल मा अहिले होइन बिगत देखि नै यस्तै हो डाक्टर सङ्ग परामर्श लिन खोज्त त दिदैन उपचार को त कुरा छोडम बेला बेलाम नेताहरु आएर यसो हेरेको जस्तो गर्छ त्यत्तिको हो।डाक्टर प्रय सबै जसो क्लिनिक तिर धाउछ।

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार