मुख्य समाचार
प्रगति माविका शिक्षक तथा व्यवस्थापन समितिद्वारा नारायणी माविको अवलोकन | साइकलमा हुइकिने पत्रकारलाई सम्मान | शैक्षिक प्रतिभाको उज्यालो पहिचानः श्री आधारभूत अतिरिक्त क्रियाकलापमा अघि बढ्दै | देवास राई संग्रहालय निर्माण र सांस्कृतिक धरोहर संरक्षणको पहल | राजनीतिक प्रतिशोधविरुद्ध रास्वपाको जनहस्ताक्षर अभियान सुरु, हेटौंडाबाट तीन महिना लामो यात्रा प्रारम्भ | अखिल नेपाल तेक्वान्दो संघको प्रथम भेला सम्पन्न, अध्यक्षमा राकेश राई | हेटौंडामा तामाङ पत्रकारहरुका लागि ३ दिने तामाङ (तामायिग) लिपी प्रशिक्षण सुरु | बुढीचौरका गृहिणी मौरीपालन तालिममा | जिल्ला संयोजक थापाद्वारा एपिकल एकेडेमीमा स्क्रयाबल कार्यशाला सम्पन्न | जिल्ला प्रशासन कार्यालयद्धारा राष्ट्रिय परिचयपत्र सेवामा समय विस्तार |

कैलाशका केउरेनी-धुसा र पकनीलाई पूर्ण सरसफाई घोषणा

Nigarani Online 526+ समाचार ( )
२५ जेठ २०८२, शनिबार

कैलाश \ मकवानपुरको कैलाश गाउँपालिका वडा नम्बर १ को केउरेनी-धुसा र वडा नम्बर ६ का पकनीक्षेत्रका समूदायलाई पूर्ण सरसफाई उन्मुख तथा सुरक्षित खानेपानीयुक्त समूदाय घोषणा गरिएको छ । एक कार्यक्रमकाबीच गाउँपालिका अध्यक्ष लोकबहादुर मुक्तानले दुबै वडाका समूदायहरुलाई घोषणा गरेका हुन् । उनले राज्यको नीति अनुरुप एक घर एक धारा भन्ने छ सोही अनुरुप साझेदारी संस्थाहरुको सहकार्यमा सरसफाई र खानेपानीको क्षेत्रमा प्रत्येकको घरघरमा धारा र सुरक्षित खानेपानीको कार्यलाई तीव्रता दिइएको बताए । हामीले अन्य वडाहरुमा पनि घोषणा गर्दै आइरहेका छौं, सूचकहरु पुरा भएका अन्य समूदाय घोषणाको तयारीमा समेत रहेको अध्यक्ष मुक्तानले बताए । घरघरमा सुरक्षित पानी पुर्याउने लक्ष्य हाम्रो छ, प्राथमिकताको आधारमा खानेपानीको योजनाहरु कार्यान्वयन गर्नेछौं, अध्यक्ष मुक्तानले भने । दीगो विकास लक्ष्यका लागि खानेपानी र सरसफाइको क्षेत्रमा कुनैपनि कसुर नखारी कार्य गर्दै जाने प्रतिवद्धता व्यक्त गरे । उनले पानीका मुहानको बीमाका साथै संरक्षणका लागि गाउँपालिकाले नीति कार्यक्रम ल्याउने बताए । मुहान संरक्षणमा समूदायको ठुलो हात रहन्छ, हामीले खानेपानी बोर्ड स्थापना गरि पालिकाभर दीगो रुपमा सञ्चालन हुने मुहानको पहिचान गरि संरक्षण गरिने बताए । वडा नम्बर १ का वडाध्यक्ष तेजबहादुर ब्लोनको अध्यक्षतामा भएको कार्यक्रममा केउरेनी-धुसा समूदायको घोषणा गरिएको थियो । उनले घोषणा सँगै धारा र शौचालय सरसफाईमा ध्यान दिदैँ फिल्टर प्रयोग गरेर पानीको प्रयोग गर्न आग्रह गरहेका छन् । हामी छिट्टै मिटर जडान गर्नेछौं, वडाले आगामी दिनमा आवश्यक बजेट समते राख्ने अध्यक्ष ब्लोनले भने । सरसफाईमा वडाले मात्र नभई सिंगो समूदायले पनि साथ सहयोग गरे घोषणाले सार्थकता पाउनेछ । केउरेनी-धुसा टोलमा ७८ घरधुरीमा धारा जडान गरिएको छ । कार्यक्रममा वडा नम्बर ६ का वडाध्यक्ष रामबहादुर गोम्बा, वडा १ का सदस्यहरु हिराबहादुर घलान, मैयामाया थिङ, सानुमाया मुक्तान, चमेली विक, वडा सचिव नितेशकुमार यादव, आरआरएनका कार्यक्रम संयोजक लिलबहादुर कार्कीलगायतको आतिथ्यता रहेको थियो । त्यस्तै, वडा नम्बर ६ का वडाध्यक्ष रामबहादुर गोम्बाको अध्यक्षतामा पकनीका बाहुनगाउँ हट्टेटोललाई घोषणा गरिएको थियो । घोषणासँगै मुहान, पाइप, धारा, ट्याङ्की संरक्षण, सरसफाइका साथै ममर्त कार्यमा पनि समूदायले चासो राख्नुपर्ने बताए । ८७ घरधुरीमा धारा सहित फिल्टर प्राप्त गरेका छन् आगामी दिनमा अर्को टोललाई यसरी नै सुरक्षित खानेपानीको लागि काम गर्ने अध्यक्ष गोम्बाले बताए । कार्यक्रममा वडा १ का वडाध्यक्ष तेजबहादुर ब्लोन, वडा ६ का सदस्यहरु शम्भु अर्याल, जीतबहादुर थिङ, पार्वती मुक्तान, क्यूकुमारी सुनार, आरआरएनका कार्यक्रम संयोजक लिलबहादुर कार्कीलगायतको आतिथ्यता रहेको थियो । नेपाल ग्रामीण पुर्ननिर्माण संस्था(आरआरन)को सहजीकरण र डब्लुएचएचको आर्थिक सहयोगमा सञ्चालित वास परियोजना अन्तरगत सरसफाई सत्र कार्यक्रम तथा पूर्ण सरसफाई उन्मुख तथा सुरक्षित खानेपानीयुक्त समूदाय घोषणा गरिएको आरआरएनका कार्यक्रम संयोजक कार्कीले बताए । यस अघि कैलाशका विभिन्न वडाका ७ वटा समूदायहरु घोषणा भइसकेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै