मुख्य समाचार
प्रगति माविका शिक्षक तथा व्यवस्थापन समितिद्वारा नारायणी माविको अवलोकन | साइकलमा हुइकिने पत्रकारलाई सम्मान | शैक्षिक प्रतिभाको उज्यालो पहिचानः श्री आधारभूत अतिरिक्त क्रियाकलापमा अघि बढ्दै | देवास राई संग्रहालय निर्माण र सांस्कृतिक धरोहर संरक्षणको पहल | राजनीतिक प्रतिशोधविरुद्ध रास्वपाको जनहस्ताक्षर अभियान सुरु, हेटौंडाबाट तीन महिना लामो यात्रा प्रारम्भ | अखिल नेपाल तेक्वान्दो संघको प्रथम भेला सम्पन्न, अध्यक्षमा राकेश राई | हेटौंडामा तामाङ पत्रकारहरुका लागि ३ दिने तामाङ (तामायिग) लिपी प्रशिक्षण सुरु | बुढीचौरका गृहिणी मौरीपालन तालिममा | जिल्ला संयोजक थापाद्वारा एपिकल एकेडेमीमा स्क्रयाबल कार्यशाला सम्पन्न | जिल्ला प्रशासन कार्यालयद्धारा राष्ट्रिय परिचयपत्र सेवामा समय विस्तार |

एमाले वाग्मती अधिवेशन आजबाट, नेतृत्वका लागि निर्वाचन हुने

Nigarani Online 526+ समाचार ( )
८ अशोज २०८०, सोमबार

नेकपा एमाले बागमती प्रदेशको प्रथम अधिवेशन आजबाट सुरु भएको छ । काठमाडौंको भृकुटीमण्डपमा सुरु अधिवेशनबाट चुनिने नेतृत्वबारे पनि त्यतिकै चर्चा र बहस सुनिन थालेको छ ।

 वाग्मती प्रदेशको नेतृत्वलाई एमालेभित्र पनि निकै महत्वका साथ हेरिएको छ । प्रदेशहरुमा सकेसम्म सर्वसम्मत नेतृत्व चयन गर्ने बताएको थियो । तर लुम्बिनी प्रदेशमा दुईवटा प्यानलै बनाएर चुनाव भएपछि त्यसको प्रभाव बागमतीमा पनि परेको छ ।

 बागमती प्रदेश अधिवेशनमा अहिलेसम्म बागमतीमा प्रष्ट गुट बनिसकेको छैन । तर  भावी नेतृत्वका लागि पोलिट्ब्युरो सदस्यद्वय गोकुल बास्कोटा र महेश बस्नेतले अघोषित रुपमा आ–आफ्ना उम्मेदवार मैदानमा पठाउन लागेकाले यहाँ पिन गुटबन्दी देखिने भएको छ ।

काभ्रेका बास्कोटाले आफ्नो समूहबाट अध्यक्षका लागि मकवानपुरका कृष्णप्रसाद दाहाललाई मैदानमा उतार्दै छन् भने भक्तपुरका बस्नेतले अध्यक्षमा रामेछापका कैलाश ढुंगेललाई उतार्न लागेका छन् ।

दाहालको समूहबाट उपाध्यक्षमा धादिङका भूमी त्रिपाठी र ललितपुरका नवराज सिलवालमध्ये एकजना उम्मेदवार हुने देखिएको छ भने ढुंगेलको समूहबाट उपाध्यक्षमा भने चितवनका दावादोर्जे लामा चुनाव लड्दैछन् ।

अध्यक्षकै लागि नुवाकोटका नेता एवम् अहिलेको प्रदेश अध्यक्षसमेत रहेका केशव पाण्डे, दोलखाकी नेतृ रचना खड्का र काठमाडौंका सानुकुमार श्रेष्ठलगायत थुप्रै नेताको नाम चर्चामा छ । तर अन्तिममा चुनावै हुने अवस्थामा दाहाल र ढुंगेल नै मैदानमा हुने सम्भावना रहेको नेताहरू बताउँछन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार