मुख्य समाचार
हेटौंडामा तामाङ पत्रकारहरुका लागि ३ दिने तामाङ (तामायिग) लिपी प्रशिक्षण सुरु | बुढीचौरका गृहिणी मौरीपालन तालिममा | जिल्ला संयोजक थापाद्वारा एपिकल एकेडेमीमा स्क्रयाबल कार्यशाला सम्पन्न | जिल्ला प्रशासन कार्यालयद्धारा राष्ट्रिय परिचयपत्र सेवामा समय विस्तार | बागमती प्रदेश विश्वविद्यालयको प्रथम वार्षिक दिवस समारोह सम्पन्न | लायन्स कलबद्धारा विद्यालयमा सागग्री वितरण | कैलाश ४ ज्यान्द्रुङमा वर्थिङ सेन्टर उद्घाटन | कैलाशका केउरेनी-धुसा र पकनीलाई पूर्ण सरसफाई घोषणा | रानी वनको वक्तृत्वकलामा वंशगोपालका सज्जित लामिछाने प्रथम | किरात देबास राई उत्थान समाज नेपालको भूमिका र योगदानः उपेक्षित पहिचानको पुनरुत्थान |

नेपाल शिक्षक संगठनको शिक्षक दौड तथा स्कुटी रेस प्रतियोगिता

Nigarani Online 520+ समाचार ( )
१६ माघ २०८०, मङ्गलबार

नेपाल शिक्षक संगठनको आयोजना तथा हेटौंडा ४ नं.वडा कार्यालयको प्रायोजनामा सहिद सप्ताह अन्तर्गत पुरूष शिक्षकहरूलाई ३ कि.मि. दौड तथा महिला शिक्षकहरूको लागि स्लो स्कुटि रेस सम्पन्न भएको छ ।  

पूर्व संघीय युवा तथा खेलकुद मन्त्री पुरूषोत्तम पौडेलको प्रमुख आतिथ्यता, ४ नं. वडाध्यक्ष नवीन सिग्देलको विशेष आतिथ्यता भएको प्रतियागितामा नेपाल शिक्षक संगठनका वागमती प्रदेश सदस्य त्रय बालकुमार श्रेष्ठ, लक्ष्मी अधिकारी प्याकुरेल, सुनिल गौतम लगायतको आतिथ्यता रहेको थियो । 

 हुप्राचौरमा भएको स्लो स्कुटि रेस र दौड प्रतियोगिता  ४ नं. वडा कार्यालयबाट शुरू भई   शितलमहल, ओम भवन, भैरवरोड, मिलनचोक हुँदै ४ नं. वडामै आइपुगेको थियोे । दौडमा ३२ जना र स्लो स्कुटी रेसमा ४० जना शिक्षकले सहभागिता जनाएका थिए । 

पुरूष शिक्षक दौड प्रतियोगितामा भानु मा.वि. गढीका  मुकेश चौंलागाँई प्रथम र सोह िविद्यालयका दुर्लभकुमार दुलाल द्वितीय, नवोदय शिशु सदन, हेटौंडाका राम कंशाकार तृतीय, शारदा मा.वि.गढीकै  दिनेश सुवेदी चतुर्थ र नवोदय शिशु सदन हेटौंडाका अविरल शाक्य सान्त्वना पुरस्कार प्राप्त गरेको थिए । 

 स्लो स्कुटी रेसतर्फ भृकुटी मा.वि. हेटौंडा १४ की सिर्जना थिङ प्रथम, ब्रह्मदिक् एकेडेमी , हेटौंडा ४ कि सुजिता बोम्जन द्वितीय र सोही विद्यालयकी मुना लामा तृतीय भएका थिए । 

नेपाल शिक्षक संगठनका मकवानपुर  जिल्ला अध्यक्ष श्रीराम दाहालको सभाध्यक्षतामा उद्धाटन तथा पुरस्कार वितरण कार्यक्रम हेटौंडा ४ नं.वडाको प्राङ्गणमा   भएको कार्यक्रमको सञ्चालन जिल्ला सचिव मुकुन्द न्यौपानेले गर्नुभएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार