मुख्य समाचार
प्रगति माविका शिक्षक तथा व्यवस्थापन समितिद्वारा नारायणी माविको अवलोकन | साइकलमा हुइकिने पत्रकारलाई सम्मान | शैक्षिक प्रतिभाको उज्यालो पहिचानः श्री आधारभूत अतिरिक्त क्रियाकलापमा अघि बढ्दै | देवास राई संग्रहालय निर्माण र सांस्कृतिक धरोहर संरक्षणको पहल | राजनीतिक प्रतिशोधविरुद्ध रास्वपाको जनहस्ताक्षर अभियान सुरु, हेटौंडाबाट तीन महिना लामो यात्रा प्रारम्भ | अखिल नेपाल तेक्वान्दो संघको प्रथम भेला सम्पन्न, अध्यक्षमा राकेश राई | हेटौंडामा तामाङ पत्रकारहरुका लागि ३ दिने तामाङ (तामायिग) लिपी प्रशिक्षण सुरु | बुढीचौरका गृहिणी मौरीपालन तालिममा | जिल्ला संयोजक थापाद्वारा एपिकल एकेडेमीमा स्क्रयाबल कार्यशाला सम्पन्न | जिल्ला प्रशासन कार्यालयद्धारा राष्ट्रिय परिचयपत्र सेवामा समय विस्तार |

कुश्माण्ड सरोवर त्रिवेणीधाममा एक महिने मकर मेलाको तयारी हुँदै

Nigarani Online 526+ समाचार ( )
१५ पौष २०८०, आइतबार

कुश्माण्ड सरोवर त्रिवेणी धाममा माघ महिनाभर लाग्ने एक महिने मेलाको तयारी तीव्र रूपमा भइरहेको छ । 

हरेक वर्षझैँ यस वर्ष पनि पुस मसान्तदेखि माघ मसान्तसम्म एक महिने मेला लाग्दै छ । एक महिनासम्म कथावाचन तथा प्रवचनका साथै दैनिक हवन, तर्पण र भागवत, वेद, रुद्री, गीताको पाठपारायण हुने कार्यक्रम रहेको त्रिवेणीधाम विकास समितिका अध्यक्ष ईश्वरीप्रसाद न्यौपानेले बताउनुभयो । 

यस वर्ष डा. माधवप्रसाद भट्टराई, पण्डित कुवेर सुवेदी, गोपालप्रसाद चालिसेबाट विशेष दिनहरूमा प्रवचन हुने कार्यक्रम रहेको छ ।  यसैगरी पण्डित यदु अधिकारी, मनिषशरण खनाल, जीवराज बख्रेलबाट पनि कथा प्रवचन हुने कार्यक्रम रहेको छ । 

प्रवचन दिउसो १२ः३० बजेबाट ३ः३० बजेसम्म हुने र साँझ ७ः३० बजेदेखि राति १० बजेसम्म महात्म्य, तथा भजनकीर्तन हुने कार्यक्रम रहेको छ । माघको २८ गते लक्षवर्ती दीप प्रज्ज्वलन र २९ गते तिलार्चन सहित कार्यक्रम समापन गर्ने कार्यक्रम रहेको छ । 

मेलाको तयारीस्वरूप अहिले धाममा रङ्गरोगनको काम भइरहेको छ । यसैगरी भान्साघर निर्माणको काम पनि अन्तिम चरणको पुगेको छ भने नयाँ शौचालय पनि निर्माण भइरहेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार