बारा:मकवानपुर जिल्लाको बकैया गाउँपालिका वडा न.३ हातिसुँडेमा रहेको श्री बुद्ध माध्यमिक विद्यालयका प्रधानाध्यापक,बागमती गाउँपालिका वडा न.१ निवासी प्रेम बहादुर बोम्जन सर माथी सर्लाही बागमति नगरपालिका -तपोवन (रौतहट नुनथर पारी ) दिउँसो दिनदहाडै अज्ञात समुहद्वारा आज गोलि प्रहार भएको छ। हाल बाेम्जनकाे वीरगन्जमा उपचार भइरहेकाे छ । उनकाे अवस्था खतरामुक्त रहेकाे छ।