मुख्य समाचार
मधेशको मुक्तिका लागि अझै संघर्ष आवश्यक छ "पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतो" | वंशगोपालको वार्षिक खेलकुदमा विविध कार्यक्रम | अपर तामाकोशि जलविद्युत परियोजनाका निर्माणधीन सबस्टेसनको विषयलाई लिएर प्रहरी र स्थानियबिच झडप | जसपा नेपाल मकवानपुरको कारबाहीमा घलान साधारण सदस्य पनि नरहने | नेपाल राष्ट्रिय शिक्षक संगठन हेटौंडामा पोखरेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन | बागमती गोल्डकप फुटबल प्रतियोगिता फागुन १ गतेदेखि पालिकाको आफ्नै रंगशालाबाट हुने | बेल्टटेस्ट ग्रेडिङ कार्यक्रम सम्पन्न | चितवनमा भेटिए ५५ प्रजातिका चरा | प्रगति माविबाट एसइईमा चार जिपीए ल्याउने विद्यार्थीलाई वडा कार्यालयले दश हजार पुरस्कार दिने | तिम्रो बुढो बिदेशमा हो ? |

बाह्य मुलुकबाट दुग्धजन्य पदार्थ आयात गर्न प्रतिबन्ध

Nigarani Online 450+ समाचार ( )
८ फाल्गुन २०८०, मङ्गलबार

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले बाह्य मुलुकबाट दुग्धजन्य पदार्थ आयात गर्न प्रतिबन्ध लगाएको छ । कृषि तथा पशुपन्छी मन्त्रालयले फागुन २ गतेको निर्णयअनुसार दुग्धजन्य पदार्थ पैठारीमा रोक लगाएको हो ।

दुध तथा दुग्धजन्य पदार्थको बढ्दो आन्तरिक उत्पादनसँगै आन्तरिक खपत ‘उद्योगको समेत’ सोही रूपमा हुन नसकेको तथा वाह्य मुलुकमा सम्भाव्य वस्तुको निर्यात हुन नसकेको र निरन्तर आयातको कारणले आन्तरिक दुध तथा दुग्ध जन्य पदार्थको मौज्दात भएकाले अर्को निर्णय नभएसम्मका लागि आयात स्थगित गरिएको मन्त्रालयको कृषि तथा पशुपन्छी व्यवसाय प्रवर्द्धन महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार चिल्लो हटाइएको दूध ‘स्कीम्ड मिल्क’ को पैठारीमा पूर्ण रोक लगाइएको छ । यस्तै चिनी वा अन्य गुलियो पदार्थ नहालिएको ‘डब्लुएमपी’ को पैठारीमा पनि पूर्णरुपमा रोक लगाइएको छ ।

यस्तै अन्यमा डेरी ह्वाइटेनर, स्किम्ड मिल्क पाउडर र होल मिल्क पाउडरमा रोक लगाइएको छ भने ह्रे र परिवर्तित ह्रे जमाएको वा नजमाएको, चिनी हालेको वा नहालेको, गुलियो पारेको वा नपारेकोमा पनि पैठारीमा पूर्ण रोक लगाइएको छ ।

यस्तै नौनी ‘बटर’, घ्यू, छुर्पी, प्रशोधित, भुजुरी वा धुलो नपारेको चिज र भुजुरी पारेको वा धुलो पारेको सबै प्रकारको चिज आयातामा पनि पूर्ण रूपमा रोक लगाउने निर्णय भएको मन्त्रालयले जनाएको छ 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार