जसपा नेपाल मकवानपुरको कारबाहीमा घलान साधारण सदस्य पनि नरहने

Nigarani Online 505+ समाचार ( )
१ माघ २०८१, मङ्गलबार

अध्यक्ष पदबाट निलम्बनमा परेका सोम बहादुर घलानलाई पार्टीको साधारण सदस्य पनि नरहने गरी कारबाही गरिएको जसपा नेपाल मकवानपुरको जिल्ला संयोजक उत्तम गोम्जाले बतायको छ ।


एक प्रेस विज्ञप्ति मार्फत मिडियालाई जानकारी गराउँदै जिल्ला संयोजक रूपमा रहेका गोम्जाले मकवानपुरको सचिवालयको बैठक बसि तामसालिङ राष्ट्रिय समितिलाई बोधार्थ र कारबाही अनुमोदन सिफारिस गरेको निर्णय जानकारी गराएको हो।

साथै आजैको मितिबाट लागु हुने गरी जिल्लाको सचिवालयको बैठकले घलानलाई पार्टीको साधारण सदस्यता पनि नरहने गरी कारबाही गरिएको प्रेस विज्ञप्ति मार्फत उल्लेख गराएका छन् ।

घलानले अहिले पनि निलम्बनको समयावधिमा पनि पार्टी विपरीत कार्य गरिरहेको जानकारी गराउँदै पार्टीको हित विपरीत काम गरिरहेको उल्लेख गरेका छन्। जिल्ला संयोजक गोम्जाले भने ।

अहिले पनि घलानले अनाधिकृत रुपमा पार्टीको जिम्मेवारीबाट हटिसकेको व्यक्तिले पनि पार्टीको लोगो झण्डा र अन्य सामग्रीको गैरकानुनी रुपमा प्रयोग गर्दै आइरहेको छ उनले भने ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार