सिमरा पब्लिक र पाथीभरा इंङ्ग्लिस विद्यालयका शिक्षकहरूलाई संयुक्त रुपमा प्रशिक्षण

Nigarani Online 433+ समाचार ( )
१६ वैशाख २०८१, आइतबार

सिमरा पब्लिक विद्यालय र  पाथीभरा इंङ्ग्लिश विद्यालयमा कक्षा १देखि १० कक्षा सम्म अध्यापनरत शिक्षकहरुलाई सयुक्त रुपमा  अमेरिकन एम्बेसी रिजनल इङ्ग्लिश ल्याङवेज अफिसद्वारा प्रदान गरिएको बोर्ड गेम , नविनतम् प्रविधि र शैक्षिणिक टुल्स सम्बन्धी प्रशिक्षक विवश जंग थापाले प्रशिक्षण दिएका छन्।

प्रशिक्षक थापाले २० जना शिक्षकहरूलाई बोड  गेम प्रदान गरी प्रशिक्षण दिएका हुन । शिक्षकहरु लाई विभिन्न समूहमा राखेर , विषयगत प्रश्न बनाई अतिरिक्त क्रियाकलापहरू समेत समावेश गरी सहजीकरण गरिएको थियो । सबै उमेर समूह    र विभिन्न क्षमता भएका बालबालिकालाई मध्येनजर गर्दै , खेल सम्बन्धी सहजीकरण गरिएको हो । कक्षाकोठामा बालबालिका लाई खेलद्वारा शिक्षण सिकाइ गर्दा रुचिकर हुने र सिकाई समेत दिगो र  प्रभावकारी हुने पाथीभरा विद्यालयका प्रधानाध्यापक लक्की  रिमालले  जानकारी गराउनु भयो भने सिमरा पब्लिक स्कूलका प्रध्यानाध्यापक वसन्त ढकालले प्रविधिको प्रयोग आजको अपरिहार्य रहेको र निरन्तरता समेत दिनपर्ने बताउनु भयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार