मुख्य समाचार
मधेशको मुक्तिका लागि अझै संघर्ष आवश्यक छ "पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतो" | वंशगोपालको वार्षिक खेलकुदमा विविध कार्यक्रम | अपर तामाकोशि जलविद्युत परियोजनाका निर्माणधीन सबस्टेसनको विषयलाई लिएर प्रहरी र स्थानियबिच झडप | जसपा नेपाल मकवानपुरको कारबाहीमा घलान साधारण सदस्य पनि नरहने | नेपाल राष्ट्रिय शिक्षक संगठन हेटौंडामा पोखरेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन | बागमती गोल्डकप फुटबल प्रतियोगिता फागुन १ गतेदेखि पालिकाको आफ्नै रंगशालाबाट हुने | बेल्टटेस्ट ग्रेडिङ कार्यक्रम सम्पन्न | चितवनमा भेटिए ५५ प्रजातिका चरा | प्रगति माविबाट एसइईमा चार जिपीए ल्याउने विद्यार्थीलाई वडा कार्यालयले दश हजार पुरस्कार दिने | तिम्रो बुढो बिदेशमा हो ? |

समाजवादी ट्रेड युनियनद्वारा रिले अनसन बस्ने चेतावनी

Nigarani Online 450+ समाचार ( )
१६ माघ २०८०, मङ्गलबार

समाजवादी ट्रेड युनियन महासंघ, मकवानपुरले माघ २२ गतेबाट श्रम कार्यालय हेटौँडामा रिले अनसन बस्ने चेतावनी दिएको छ । आज हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गर्दै महासंघले मजदुरको पक्षमा श्रम कार्यालयले काम नगरेको भन्दै यस्तो चेतावनी दिएको हो । 

उद्योगमा श्रम ऐनअनुसार पारिश्रमिक दिनुपर्ने, श्रमिकहरू ठगिन नहुने विषयहरू उठान गरिरहँदा र  उद्योगबाट बिना कारण श्रमिकहरू निष्कासन भइरहँदा श्रम कार्यालयले कुनै चासो नदेखाएको महासंघको गुनासो छ । 

महासंघका इन्चार्ज टुङ्गनाथ तिमल्सिना र श्रमिक टंकनाथ तिमल्सिनालाई बिना कारण निस्कासन गरेकाले उनीहरूलाई निःशर्त तत्काल पुनर्वहाली गर्नुपर्ने महासंघको माग छ । यसैगरी नेपालमा सरकारी तथा निजी प्रतिष्ठानहरूमा श्रम ऐन लागू नभएकोले यस विषयमा पटक पटक ध्यानाकर्षण गराउँदासमेत श्रम कार्यालयले कुनै सुनुवाइ नगरेको महासंघको आरोप छ ।  

महासंघद्वारा जारी विज्ञप्तिमा वेरोजगारीको समस्या बढिरहेको र युवा श्रमशक्ति वैदेशिक रोजगारीको निमित्त पलायन भइरहेको अवस्थामा मजदुर निष्कासन गरेर अझै समस्या थपेको जनाइएको छ । विज्ञप्तिमा भनिएको छ, नेपालमा सरकारी वा निजी  प्रतिष्ठानहरुमा काम गर्ने श्रमिकहरुको समस्या कतै ऐन पालनाको समस्या कतै दोस्रो तेस्रो पक्षबाट श्रमिक ठगीदै रहेको व्यहोरा हामीले सम्बन्धित निकायहरुमा पटक पटक समस्याको समाधान नियमन गर्नको लागि २०८०÷६÷१६ गते श्रम रोजगार तथा यातायात मन्त्रालय, बागमती प्रदेश कार्यालयमा ज्ञापन पत्र पेश गर्दा तथ्य रिपोट सहित पेस गर्नु भनी छलफल भएको हुदा हामीले तथ्य संकलन सहितको ध्यानाकर्षण पत्र २०८०÷८÷२६ गते पुन श्रम रोजगार तथा यातायात मन्त्रालय, बागमती प्रदेश कार्यालयमा तथ्य सहित जानकारी गराएका थियौ । सो ध्यानाकर्षण पत्रमा मन्त्री ज्यू र सचिव ज्यू बाट नियमन गर्ने र संघीय मन्त्रालयमा तथ्य सहित जानकारी गराउने जनाएको थियो । सो ध्यानकर्षण पत्रमा हामीले तथ्य सहितको ३ बँुदामा ३६ उद्योगको रिपोर्ट सहितको ध्यानकर्षण पत्रमा पेश गरेका थियौ सो.को नियमन छानबिन गर्नुपर्ने र हल हुनु पर्ने ठाउँमा श्रम अधिकारको सम्बन्धमा उठान गर्दा कर्मचारीहरू नै निकालिएको  छ । 

टुङ्गनाथ तिमल्सिना कुशल इंन्डष्ट्रिज प्रा.लिमा. गत वर्ष माघ ३ गतेदेखि कार्यरत रहेकोमा यसै वर्षको पुस १२ गते र  टंकनाथ तिमल्सिनालाई कामबाट पनि सोही दिन निकालिएको छ ।  सोही दिन श्रम कार्यालय, हेटौंडामा उजुरी निवेदन पेश गरेको र सो सम्बन्धमा श्रम कार्यालयमा पटक पटक छलफल गर्दा कुनै निष्कर्ष नदिएकोले अनसनको तयारी गरेको पत्रकार सम्मेलनमा जनाइएको छ । 

अझ श्रम कार्यालयले पनि मजदुरकोभन्दा उद्योगको पक्ष लिएकाले आफूहरु पीडित भएका जनाइएको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार