शशी खड्का
बुढानीलकण्ठ नगरपालिका वडा नं. २
चपलीमा अवस्थित गणेश माध्यमिक विद्यालयमा भूकम्प सुरक्षा सम्बन्धी सचेतनामूलक
सडक नाटक प्रदर्शन गरियो ।
केन्द्रीय सरकार र बुढानीलकण्ठ
नगरपालिकाको आर्थिक सहयोग, नगरपालिकाको समन्वय तथा प्रस्तुति रहेको
उक्त सडक नाटकको संयोजन आयुष्मान कन्सल्टेन्सीले गरेको थियो ।
विष्णु गैरेको निर्देशनमा रामचन्द्र अधिकारी (काजी बा), राजु श्रेष्ठ, सुरेश असीम र दीपिका थापाले भूकम्प प्रतिरोधी भवन निर्माण, झटपट झोला, भवन निर्माण संहिता र भूकम्प आउँदा अपनाउनुपर्ने सावधानीका विषयमा नाटक प्रस्तुत गर्दा विद्यार्थीहरू गम्भीर भएका थिए ।
विद्यालयमा अध्ययनरत करिब आठ सय विद्यार्थी र शिक्षकको उपस्थितिमा प्रदर्शन गरिएको उक्त नाटक बुढानीलकण्ठ नगरपालिका भित्र रहेका ११ सामुदायिक विद्यालयमध्ये दशओटा विद्यालयमा प्रदर्शन गरिने जानकारी कलाकार राजु श्रेष्ठले दिनुभयो । उहाँले विद्यालयमा नाटक प्रदर्शन गर्नुको उद्देश्य विद्यार्थीका माध्यमबाट उनीहरूको घरपरिवार, छरछिमेक हुँदै समाजमा भूकम्पबाट सुरक्षित हुन केकस्ता विषयमा सावधानी अपनाउनुपर्छ भन्ने जानकारी पुर्याउनु रहेको बताउनुभयो ।
कार्यक्रम सन्देशमूलक र
जनचेतनामूलक भए पनि एउटा सानो अस्थायी घर बनाएर भत्काई झटपट झोलाको प्रयोग
देखाइएको भए अझ प्रभावकारी हुने र आगामी दिनमा यस्ता कार्यक्रम आयोजना वा
प्रदर्शन गर्दा विद्यालयलाई केही समय अगाडि नै जानकारी दिए विद्यार्थीको व्यवस्थापन
गर्न सजिलो भई कार्यक्रम अझ व्यवस्थित गर्न सकिने शिक्षक प्रतिभा पाण्डेले
बताउनुभयो ।
उहाँले विद्यार्थीलाई कलाकारसँग
साक्षात्कार गराई सम्मान गर्ने समय पनि नपाएको गुनासो गर्नुभयो ।
धन्यवाद सर!