मुख्य समाचार
हेटौंडामा तामाङ पत्रकारहरुका लागि ३ दिने तामाङ (तामायिग) लिपी प्रशिक्षण सुरु | बुढीचौरका गृहिणी मौरीपालन तालिममा | जिल्ला संयोजक थापाद्वारा एपिकल एकेडेमीमा स्क्रयाबल कार्यशाला सम्पन्न | जिल्ला प्रशासन कार्यालयद्धारा राष्ट्रिय परिचयपत्र सेवामा समय विस्तार | बागमती प्रदेश विश्वविद्यालयको प्रथम वार्षिक दिवस समारोह सम्पन्न | लायन्स कलबद्धारा विद्यालयमा सागग्री वितरण | कैलाश ४ ज्यान्द्रुङमा वर्थिङ सेन्टर उद्घाटन | कैलाशका केउरेनी-धुसा र पकनीलाई पूर्ण सरसफाई घोषणा | रानी वनको वक्तृत्वकलामा वंशगोपालका सज्जित लामिछाने प्रथम | किरात देबास राई उत्थान समाज नेपालको भूमिका र योगदानः उपेक्षित पहिचानको पुनरुत्थान |
मुख्य समाचार
हेटौंडामा तामाङ पत्रकारहरुका लागि ३ दिने तामाङ (तामायिग) लिपी प्रशिक्षण सुरु | बुढीचौरका गृहिणी मौरीपालन तालिममा | जिल्ला संयोजक थापाद्वारा एपिकल एकेडेमीमा स्क्रयाबल कार्यशाला सम्पन्न | जिल्ला प्रशासन कार्यालयद्धारा राष्ट्रिय परिचयपत्र सेवामा समय विस्तार | बागमती प्रदेश विश्वविद्यालयको प्रथम वार्षिक दिवस समारोह सम्पन्न | लायन्स कलबद्धारा विद्यालयमा सागग्री वितरण | कैलाश ४ ज्यान्द्रुङमा वर्थिङ सेन्टर उद्घाटन | कैलाशका केउरेनी-धुसा र पकनीलाई पूर्ण सरसफाई घोषणा | रानी वनको वक्तृत्वकलामा वंशगोपालका सज्जित लामिछाने प्रथम | किरात देबास राई उत्थान समाज नेपालको भूमिका र योगदानः उपेक्षित पहिचानको पुनरुत्थान |

सम्पादकीय
महँगी विरुद्धको विरोधका नाममा युवा संघको सङ्कुचित राजनीति

Nigarani Online 520+ समाचार ( )
१७ भाद्र २०८०, आइतबार

युवा राष्ट्रको सेवामा समर्पित हुनुपर्छ । युवा देशमा सकारात्मक परिवर्तनमा उद्यत हुनुपर्छ । युवा राष्ट्रप्रति सधैँ सचेत र सजग रहनुपर्छ । त्यति मात्र होइन युवाहरू विकृति विरुद्ध एकजुट हुनुपर्छ । राष्ट्रमा नागरिकका विरुद्ध हुने हरेक गलत कामका विरुद्ध खरो उत्रिनुपर्छ । महँगी विरुद्ध चर्काे स्वरमा आवाज उठाउनुपर्छ । भ्रस्टाचारका विरुद्ध जुध्न अगि सर्नुपर्छ । कालो बजारी नियन्त्रणमा आफ्नो शक्ति परिचालन गर्नुपर्छ । 

जब देशका युवाहरू निस्वार्थ ढङ्गले यस कार्यमा लाग्छन् तब मात्र देशमा विकृति र विसङ्गति कम भएर जान्छन् । महँगी नियन्त्रण हुन सक्छ । जनताको पक्षमा साँचो मनले युवा लागे भने नागरिकले अहिले जस्तो सास्तीपूर्ण जीवन जीउनु पर्दैनथ्यो । 

यसका लागि युवा कसैबाट परिचालित हुनु हुँदैन । युवा आफ्नो स्वविवेकले चल्नुपर्छ । कुनै झुन्डको पछि लागेर आफ्नो स्वार्थ पूरा गर्न लाग्ने युवाबाट समाजमा सुशासनका अपेक्षा गर्नु आकाशको फल आँखा तर मर भने जस्तै हुन्छ । 

आइतबार मकवानपुरका युवाहरूले भ्रस्टाचार विरुद्ध र महँगी विरुद्ध हेटौँडामा विरोध प्रदर्शन गरे । राष्ट्रिय युवा संघ नेपाल मकवानपुरले सरकारले गरेको अस्वभाविक मूल्यवृद्धिको विरूद्धमा विरोध प्रदर्शन गरेको हो । उसले मोटरसाइकल तथा स्कुटर धकेली मुल्यवृद्धिको विरोध गरेको थियो ।  

सरकारले एलपी ग्यास, पेट्रोलियम पदार्थ, खाद्यान्न लगायत अन्य उपभोग्य वस्तुहरुमा भइरहेको चर्को मूल्यबृद्धि गरेको भन्दै त्यसको बिरोधमा सिमाचोकदेखि बुद्धचोकसम्म युवाहरुले मोटरसाइकल तथा स्कुटर धकेलेर ¥यालीसहित बिरोध गरेका हुन् । 

हो देशमा महँगीले सीमा नाघेको छ । नागरिकलाई बिहान बेलुकाको छाक टार्न धौ धौ पर्ने अवस्था आइसकेको छ । सामान्य आमदानी भएका सर्वसाधारणले अब बाँच्न नसक्ने अवस्था सिर्जना भएको छ । यसका विरुद्ध सरकारलाई दबाब दिनु अति नै आवश्यक छ । युवा संघले गरेको यो कदम अत्यन्तै सह«ानीय छ । ढिलै भए पनि युवा संघले यो काम सुरु गरेकोमा धन्यवाद दिनै पर्छ । 

युवा संघ र कुनै पार्टी विशेषका युवा मात्र होइन सम्पूर्ण देशका युवाहरू एकजुट भएर यसका विरुद्ध लाग्नैपर्छ । देशमा भइरहेको कालो बजारी नियन्त्रण गर्नुपर्छ । महँगी नियन्त्रण गर्नका लागि विभिन्न उपायको खोजी गर्नुपर्छ । भ्रस्टाचारका छिद्रको खोजी गरी कानुनी कारबाहीको दायरामा ल्याउने भूमिका निर्वाह गर्नुपर्छ । यस काममा कुनै पनि दल, समूह र गुटबाट युवाशक्ति मुक्त भएर निस्वार्थ ढङ्गले देश र नागरिकप्रति जिम्मेवार बन्न सक्नुपर्छ । यस काममा राष्ट्रिय युवा संघले आवाज उठाइरहँदा अन्य दलका युवाहरू किन मौन छन् ? यो कुरा बुझ्न सकेको छैन । 

तर के युवा संघले गरेको यो सामान्य विरोध प्रदर्शनले देशको महँगी नियन्त्रण गर्न सक्छ त ? अझ भन्ने हो भने युवा संघले देशको महँगीबाट चिन्तित भएरै प्रदर्शनमा उत्रिएको हो त ? 

के नागरिकको कष्टपूर्ण जीवन र दैनिकीले नै उसलाई पोलेको हो त ? कि आफ्नो माउ पाटीको आरती उतार्ने मनसायले गरेको हो यो प्रदर्शन ! माउ पार्टीले दिएको निर्देशनलाई अनुचरले झैँ लुरुलुरु मान्दिए जस्तो गरेर गरेको यस्तो विरोध प्रदर्शनले महँगी नियन्त्रण होइन राजनीतिको खेती मात्र मौलाउँछ । 

यो प्रदर्शन नागरिकप्रति चिन्ताले होइन, राजनीतिक खेतीको गोडमेल हो । आगामी निर्वाचनका लागि मलजल मात्र हो । यदि उनीहरूलाई वास्तवमै देशप्रति चिन्ता हो भने अन्य युवाहरूलाई किन आह्वान नगरेको यस अभियानमा ? यदि यो नागरिकको पूजा हो भने किन सबैलाई समेट्न नसकेको ? सबैसँग सल्लाह किन नलिएको ? 

सङ्कुचित सोचबाट उठेको आन्दोलनले देशलाई र नागरिकलाई फाइदा होइन झन् हानी पु¥याउँछ । यस्तै सङ्कुचित सोच राख्ने युवाहरू भए भने भविष्यमा कस्ता राजनेताको जन्म होला ? 

मकवानपुर जिल्लाले सधैँ यस्तो सानो घेराबाट माथि उठ्न नसक्ने नेता मात्र पाइरहने हो ? अहिलेसम्म जति नेता सांसद र मन्त्री बने सबैमा यस्तो सङ्कुचित विचारभन्दा केही देखिएन । कसैले पनि आफ्नो पार्टी, समूह र गुटभन्दा माथि उठेर काम गरेको देखिएन । उनीहरूकै युवाहरू फेरि त्यही मानसिकता लिएर जन्मिदै छन् भने अब फेरि कस्ता नेताको जन्म होला यो समाजमा ? 

यस्तै अवस्था भइरहने हो भने किन दलको पछि लाग्ने भन्ने आम नागरिकमा पर्न थालिसकेको छ ।  

के यहाँ युवाहरूमा देश प्रति अलिकति चिन्ता छ ? नागरिकले पाएको सास्तीप्रति थोरै पनि चिन्ता छ ? कहीँ कतैबाट युवाहरूको यस्तो चिन्ता र चासा देखिँदैन । यहाँ युवा संघसंगठन, विद्यार्थी संघ संगठनहरूलाई माउ पार्टीको चाकरी गर्नु छ । मूल नेतृत्वलाई खुसी बनाउनु छ । आफू माथि जाने भ¥याङ निर्माण गर्नु छ ।

 यहाँ अगाडि नागरिकका पीडा बोलिदिए जस्तो गर्ने र भित्री मनसाय आफू सत्ताको राप ताप्न पुग्ने भन्दा बाहेक केही पनि देखिँदैन । अहिलेसम्म नेकपा एमाले, नेपाली काँग्रेस, नेकपा माओवादीले नागरिकका नाममा कति पटक आन्दोलनको स्वाँङ रचे । कति टायर बालेर आफ्नो स्वार्थको रोटी सेकाए ? सबैलाई जगजाहेर भएको कुरा हैन र  । 

आज आएर नागरिकलाई महँगीले पि¥यो भन्दै मोटरसाइकल धकेल्दैमा सबैले विश्वास गरिहाल्छन् भन्ने लागेको होला  । आफ्नै पार्टीलाई खुसी पार्न विरोध प्रदर्शनको नाटक गर्नेहरूलाई फेरि पनि नागरिकले विश्वास गर्छन् भन्ने लागेको होला । अब यस प्रकारको देखावटी राजनीतिक स्वाँग कुनै पनि दलका युवा समूहले नरच्दा हुन्छ । 


प्रतिक्रिया

मनिल कुमार कर्ण १७ भाद्र २०८०, आइतबार

गलत राजनीतिज्ञलाई साथ दिये को परिणाम हो

Hhh १७ भाद्र २०८०, आइतबार

के विधि जाँगर चलेकाे लेख्नलाई

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार