आफूलाई ठगी गर्नेलाई प्रहरीले कारबाही नगरेको सुनिताको गुनासो

Nigarani Online 499+ समाचार ( )
१४ चैत्र २०८१, शुक्रबार

हेटौँडा उपमहानगरिपालिका वडा नम्बर १० कर्रास्थित माइतीमा बस्दैआएकी सुनिता लामा दोङले आफूलाई ठगी गर्ने कर्रा निबासी विजय लामा विरुद्ध दिएको जाहेरीलाई बेवास्ता गरेको भन्दै आपत्ति जनाएकी छिन् । 

आज हेटौँडामा पत्रकार सम्मेलन गर्दै सुनिताले आफूलाई बारम्बार ब्ल्याकमेलिङ गर्दै लाखौँ ठगी गर्ने विजय विरुद्ध जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको तर आफूलाई न्याय नै नदिई प्रहरीले छाडिदिएको भन्दै उनले आपत्ति जनाएकी छिन् । 

श्रीमान विदेश रहेको बेलामा आफू र विजयबिच प्रेम सम्बन्ध बसेको र शारीरिक सम्बन्धसमेत बनेको स्वीकार गर्दै सुनिताले प्रेम सम्बन्धबाट नाजायज फाइदा उठाएको आरोप लगाइन् । विजयले आफ्नो अश्लील भिडियो बनाएर पैसा नदिए सार्वजनिक गरिदिने धम्की दिँदै २४÷२५ लाख रुपियाँ ठगिसकेको बताइन् ।  

उनले आफूले अहिले असह्य भएर प्रहरीमा उजुरी दिँदा प्रहरीले न्याय नदिएको भन्दै चिन्ता व्यक्त गरिन् । 

पत्रकार सम्मेलनमा उनले भनिन्, “२०७१ सालको घटना हो यो ।  मेरो श्रीमान विदेशमा हुनुहुन्थ्यो । उसँग मेरो अनैतिक सम्बन्ध भयो । यही कुरालाई आधारमा बनाएर उसले मसँग पैसा ठगिगर्न थाल्यो । 

 मैले आमालाई विजय तमाङले २ लाख रुपियाँ सापटी लिएको हो । मलाई यसो ग¥ये भन्दा यो कुरा छाड्दिउँ भनेर भन्नुभयो । 

विजयले मैले यस्तो भिडियो बनाएको छु । यो भिडियो सार्वजनिक गर्दिउँ भने डर देखाउँथ्यो । यही डरले मैले पैसा दिइरहेँ । १० वर्षसम्म पैसा दिइरहेँ । उसको बिहेपछि पैसा माग्न छाड्छ होला भनेको तर छाडेन । 

सबैले विदेशबाट श्रीमानले पठाएको पैसा पनि छैन । न आफू राम्रो लुगा लगाउँछ ।के एको भनेर सोध्न थाले । तर मैले जवाफ दिन सकिनँ । 

उसको बाबु बितेपछि पनि ६० हजार माग्यो । मेरो खातामा पैसा हाल भन्यो । मैले उसको विरुद्ध उजुरी हाल्दा पनि उसलाई छाडेको छ । जिल्लामा बुझ्दा नाम परिवर्तन गरेको छ । केरेर अर्कै लेखिएको छ । मैले यस विषयमा कसरी न्याय पाउने त अब ? उनले गुनासो गरिन् ।  


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार