राष्ट्र राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियान नेपालको यातायात विभाग अन्तर्गत यातायात चालक मजदुर संगठन मकवानपुर गठन भएको छ ।
शनिबार हेटौँडामा जिल्ला भेला आयोजना गरेर विभाग गठन गरेको हो ।
रामेश्वर सेढाइँको अध्यक्षतामा गठन भएको ३१ सदस्यीय समितिमा रामप्रसाद लामिछाने उपाध्यक्ष, किरण डङ्गोल सचिव, सुरेन्द्र अधिकारी कोषाध्यक्ष, गोविन्द मैनाली सहसचिव चयन हुनुभएको छ ।
विभागका केन्द्रीय संयोजक निरध्वज खड्काको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रीय सदस्य तथा मकवानपुर संगठन प्रमुख विजयकुमार तिमल्सिना प्रमुख अतिथि हुनुहन्थ्यो । कार्यक्रममा अतिथिहरू जिल्ला अध्यक्ष भीमबहादुर राउत, मकवानपुर जिल्ला सल्लाहकार सुन्दर साही, चितवन जिल्ला अध्यक्ष मेघराज पौडेल, चितवन यातायात प्रमुख श्याम दुरा,श्रीकृष्ण उप्रेतीलगायतले, मन्तव्य व्यक्त गर्नुभएको थियो ।
श्री कृष्ण सरन जोशीले कार्यक्रम संचालन गर्नुभएको थियो ।