मुख्य समाचार
हेटौंडामा तामाङ पत्रकारहरुका लागि ३ दिने तामाङ (तामायिग) लिपी प्रशिक्षण सुरु | बुढीचौरका गृहिणी मौरीपालन तालिममा | जिल्ला संयोजक थापाद्वारा एपिकल एकेडेमीमा स्क्रयाबल कार्यशाला सम्पन्न | जिल्ला प्रशासन कार्यालयद्धारा राष्ट्रिय परिचयपत्र सेवामा समय विस्तार | बागमती प्रदेश विश्वविद्यालयको प्रथम वार्षिक दिवस समारोह सम्पन्न | लायन्स कलबद्धारा विद्यालयमा सागग्री वितरण | कैलाश ४ ज्यान्द्रुङमा वर्थिङ सेन्टर उद्घाटन | कैलाशका केउरेनी-धुसा र पकनीलाई पूर्ण सरसफाई घोषणा | रानी वनको वक्तृत्वकलामा वंशगोपालका सज्जित लामिछाने प्रथम | किरात देबास राई उत्थान समाज नेपालको भूमिका र योगदानः उपेक्षित पहिचानको पुनरुत्थान |

सिविनले गर्यो बालबालिकाको अवस्था बारे तथ्याङक सार्वजनिक

Nigarani Online 520+ समाचार ( )
११ पौष २०८१, बिहीबार

मनहरी गाउँपालिकाको ५ वटा वडामा रहेको बालबालिहरुको अवस्था बारे संकलन गरिएको तथ्याङ सार्वजनिक गरिएको छ । सिविन नेपाल मकवानपुरले गाउँपालिकाको १ , , ,७ र ९ नम्बर वडामा बसोबास गर्ने बालबालिकाको अवस्था पहिचान गर्न संकलन गरिएको तथ्याङ मंगलबार मनहरी ९ रजैयामा रहेको अग्निहोत्राश्रमको सभाहलमा एक कार्यक्रमको आयोजना गरि सार्वजनिक गरिएको हो ।

६ हजार ३ सय ५७ घर धुरिमा पुगि अभिभावकहरु संग ८ हजार ७ सय ८७ जना बालबालिका बारे बिभिन्न विषयमा प्रश्नोत्तर गरिएको थियो ।

तथ्याङ अनुसार उक्त वडाको कुल बालबालिका मध्ये ७हजार १ सय १८ बालबालिका बिद्यालय भर्ना भएका मध्ये २ सय ८० जना बालबालिहरुले बिद्यालय छाडेको सिविन नेपालको तर्फबाट विषय विज्ञ भाष्कर खनालले प्रस्तुत गरेको तथ्याङमा उल्लेख गरिएको छ ।

बालबालिकाहरुले बिद्यालय छाड्नुको मुख्य कारण आर्थिक अवस्था कमजोर र बिद्यालय टाँडा भएका कारण देखाएइको छ ।

त्यसै गरि बालश्रममा संलग्न ६८ घर धुरिको ७४ जना बालबालिका अझै बालश्रम गरिरहेका छन भने ४७ जना बालबालिकाहरु बाल विवाहको उच्च जोखिममा रहेको तथ्याङकमा उल्लेख गरिएको छ ।

त्यसै गरि तथ्याङक अनुसार ७१ जना बालबालिका अपाङग रहेका छन । कार्यक्रममा बोल्दै मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीले गाउँपालिकाको बालबालिको संरक्षण गर्ने जिम्मा गाउँपालिकाको रहेको बताउदै तथ्याङकले देखाएको नकरात्मक पाटाको सुधारमा ध्यान दिने बताए ।

बालश्रम र बाल विवाह रोक्न निकै कठिनाईका विच सिविन नेपाल संगको सहकार्यमा बिभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बताए ।
कार्यक्रममा बोल्दै सिविन नेपाल मकवानपुरको प्रबन्धक झविन्दै ज्ञवालीले बाल विवाह ,बाल श्रम लगाएतका बिभिन्न विषयमा स्थानिय सरकार स्वयम जिम्मेवारी पुर्वक काम गर्न सुझाव दिए ।

साथै पाँचै वडाको तथ्याङ वडा गतरुपमै सार्वजनिक गरिने बताए ।  कार्यक्रम सिविन नेपाल मकवानपुरका प्रबन्धक झविन्द्र ज्ञवालीको अध्यक्षतामा सम्पन्न कार्यक्रम गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीको प्रमुख आतिथ्यता रहेको थियो भने वडा न.१का अध्यक्ष शिवप्रसाद खनाल , वडा नं.३ का अध्यक्ष अन्नत प्रकाश अर्याल, वडा नं.५ का अध्यक्ष दीपेन्द्र अधिकारी र वडा नं.९ का अध्यक्ष राजकुमार श्रेष्ठ , गाउँपािलकाका प्रमुख प्रशासकिय अधिकृत रमेश सुवेदी , गाउँपालिकाको बिभिन्न शाखा प्रमुख , टोल विकास सस्थाका अध्यक्ष र पत्रकारको उपस्थीती रहेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार