मुख्य समाचार
मधेशको मुक्तिका लागि अझै संघर्ष आवश्यक छ "पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतो" | वंशगोपालको वार्षिक खेलकुदमा विविध कार्यक्रम | अपर तामाकोशि जलविद्युत परियोजनाका निर्माणधीन सबस्टेसनको विषयलाई लिएर प्रहरी र स्थानियबिच झडप | जसपा नेपाल मकवानपुरको कारबाहीमा घलान साधारण सदस्य पनि नरहने | नेपाल राष्ट्रिय शिक्षक संगठन हेटौंडामा पोखरेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन | बागमती गोल्डकप फुटबल प्रतियोगिता फागुन १ गतेदेखि पालिकाको आफ्नै रंगशालाबाट हुने | बेल्टटेस्ट ग्रेडिङ कार्यक्रम सम्पन्न | चितवनमा भेटिए ५५ प्रजातिका चरा | प्रगति माविबाट एसइईमा चार जिपीए ल्याउने विद्यार्थीलाई वडा कार्यालयले दश हजार पुरस्कार दिने | तिम्रो बुढो बिदेशमा हो ? |

सेवानिवृत्त शिक्षक घिमिरेद्वारा प्रगति माविमा अक्षयकोष स्थापना

Nigarani Online 450+ समाचार ( )
२५ जेठ २०८१, शुक्रबार

हेटौँडा ९ स्थित प्रगति माध्यमिक विद्यालयबाट आजैदेखि सेवानिवृत्त हुनुभएका शिक्षक विमलकुमार घिमिरेले विद्यालयमा १ लाख ११ हजार १११ रुपियाँको अक्षयकोष स्थापना गर्नुभएको छ । 

आज भएको बिदाइ तथा नवगठित विद्यालय व्यवस्थापन समितिका सदस्यहरूको स्वागत कार्यक्रममा बोल्दै उहाँले यस्तो  घोषणा गर्नुभएको हो । कार्यक्रममा बोल्दै शिक्षक घिमिरेले अहिले अङ्ग्रेजी भाषाप्रतिको मोहका कारण नेपाली भाषा अपहेलित भएकाले अबको केही वर्षमा नेपाली भाषा क्षेत्रीय भाषाका रूपमा परिणत हुने त होइन भन्ने चिन्ता व्यक्त गर्नुभयो । 

उहाँले आफूले स्थापना गरेको अक्षयकोषको ब्याजबाट नेपाली भाषासम्बन्धी गतिविधिहरू गराई पुरस्कार दिन पनि अनुरोध गर्नुभयो । 

शिक्षक घिमिरेले आफूले प्रगति माविमा जीवन बिताएको भन्दै विद्यालयलाई अहिलेको अवस्थासम्म ल्याउन ठुलो दुःख गरेको बताउनुभयो । उहाँले निमाविबाट विद्यालयलाई मावि बनाउन मात्र होइन विद्यालयको भवन निर्माणका काममा आफूले गरेको श्रमको स्मरण गर्नुभयो । ३८ वर्षदेखि एउटै विद्यालयमा सेवा गरेको भन्दै यस विद्यालयलाई कहिल्यै बिर्सन नसक्ने बताउनुभयो । शिक्षक घिमिरे २०४३ सालदेखि प्रगति माविमा अध्यापरत हुनुहुन्थ्यो ।  

नवगठित समितिको स्वागत तथा निवर्तमान समितिको बिदाइ

कार्यक्रममा नवगठित विद्यालय व्यवस्थापन समितिको स्वागत तथा निवर्तमान समिति विदाइ पनि गरिएको छ । 

विद्यालय व्यवस्थापन समितिको गत वैशाख २८ गतेको भेलापछि बनेको नयाँ समितिलाई आज विद्यालयले एक कार्यक्रम गरेर स्वागत गरेको हो । भेलापछि भएको बैठकले व्यवस्थापन समितिको अध्यक्षमा ज्ञानेन्द्र लामिछाने र सदस्यहरुमा भगवान राना मगर, नवराज कोइराला, नारायणी पराजुली, सुशिला खतिवडा र गोमा न्यौपानेलाई चयन गरेको छ  । 

समितिका सदस्यहरुलाई छनोट समितिका सदस्य कमला पौडेल तथा विद्यालयका प्रधानाध्यापक निरन्जप्रसाद ढकालले खादा, टीका तथा डायरी प्रदान गरेर स्वागत गर्नुभएको थियो । कार्यक्रममा बोदै अध्यक्ष लामिछानेले शिक्षकहरूकै सल्लाह तथा परामर्शमा विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्न पहल गर्ने बताउनुभयो । 

उहाँले विद्यालयको भौतिक तथा शैक्षिक पक्षलाई माथि उकास्न आफ्नो कार्यकालमा कुनै कसर बाँकी नराख्ने बताउनुभयो । 

सोही अवसरमा बोल्दै निवर्तमान अध्यक्ष प्रदीप पराजुलीले आफ्नो कार्यकालमा भन्दा नयाँ बनेको समितिबाट अझ राम्रो कामको अपेक्षा राखेको बताउनुभयो । उहाँले विद्यालयलाई आवश्यक परेको वेलामा सहयोग गर्न आफू हरदम तयार रहेको बताउनुभयो । 

नवनिर्वाचित समितिका अध्यक्ष ज्ञानेन्द्र लामिछानेको अध्यक्षतामा भको कार्यक्रममा कार्यबाहक वडाध्यक्ष विष्णु राना, विव्यसका निवर्तमान सदस्य सीता अधिकारीलगायतको उपस्थिति रहेको थियो ।  कार्यक्रम सहायक प्रधानाध्यापक किशोर पराजुलीले सञ्चालन गर्नुभएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार