नेपाल परिवार नियोजन संघ मकवानपुरको ३१ औं साधारण सभा २०८१ असार २६ गते बुधबार सम्पन्न भएको छ ।
यो संस्था ४२ सालमा स्थापना भएको हो । यस संस्थाले बस्तपुर, हटिया, लोथर लगायत विभिन्न स्थानबाट सेवा प्रधान गर्दै आएको बताए । नेपाल परिवार नियोजन संघ मकवानपुरले यौन तथा प्रजनन सम्बन्धि, सुरक्षित गर्भपतन सम्बन्धि, महिलाहरुको पाठेघर सम्बन्धि, एच. आई. भि एड्स सम्बन्धि जस्ता अन्य सेवा प्रधान गर्दे आएको समेत नेपाल परिवार नियोजन संघ केन्द्रीय सदस्य प्रमुख अतिथि निगम श्रेष्ठ बताए ।
नेपाल परिवार नियोजन संघ मकवानपुर शाखाको ३१ औं वार्षिक साधारण सभाबाट ४ जना सदस्य चयन भएका छन् ।
नेपाल परिवार नियोजन संघ मकवानपुर शाखाको ३१ औं वार्षिक साधारण सभा शाखाका सभापती ईश्वर पण्डितको सभाध्यक्षमा कार्यक्रम सम्मपन्न भयो ।