नेपाल शैक्षिक विकास कोषद्धारा परियोजना लेखन सम्बन्धी कार्यशाला आइतबार सम्पन्न भएको छ । कोषले सन् २०२४÷२०२५ को अवार्डको लागि लक्षित गरी अनलाइन जुम मार्फत नेपाली समय साँझ ६ देखि ७ बजे सम्म कार्यशाला आयोजना गरेको छ ।
कार्यशालामा गत वर्षका एनइडीटी अवार्ड प्राप्त गर्न सफल मकवानपुरका शिक्षकहरु विवश थापा र सरोज लामिछानेले सहजीकरण गरेका थिए । कार्यक्रममा कोषका संयोजक सगुन श्रेष्ठ र सञ्चार प्रमुख केशब मल्लको उपस्थिति रहेको थियो ।सञ्चार प्रमुख मल्लले कार्यशालामा सहभागी शिक्षकहरुलाई आफूले शिक्षण सिकाइको क्रममा कक्षाकोठामा प्रयोग गरेको विविध परियोजना र कृयाकलापलाई कोषले आव्हान गरेको ढाँचामा प्रस्तुत गरी पेश गर्न उत्साहित गर्नुभयो ।
कोषले यस वर्षको लागि परियोजना पेश गर्नुपर्ने अन्तिम मिति जनवरी ३१, २०२५ सम्म राखेको कोष संयोजक सगुन श्रेष्ठले बताउनुभयो ।