मुख्य समाचार
हेटौंडामा तामाङ पत्रकारहरुका लागि ३ दिने तामाङ (तामायिग) लिपी प्रशिक्षण सुरु | बुढीचौरका गृहिणी मौरीपालन तालिममा | जिल्ला संयोजक थापाद्वारा एपिकल एकेडेमीमा स्क्रयाबल कार्यशाला सम्पन्न | जिल्ला प्रशासन कार्यालयद्धारा राष्ट्रिय परिचयपत्र सेवामा समय विस्तार | बागमती प्रदेश विश्वविद्यालयको प्रथम वार्षिक दिवस समारोह सम्पन्न | लायन्स कलबद्धारा विद्यालयमा सागग्री वितरण | कैलाश ४ ज्यान्द्रुङमा वर्थिङ सेन्टर उद्घाटन | कैलाशका केउरेनी-धुसा र पकनीलाई पूर्ण सरसफाई घोषणा | रानी वनको वक्तृत्वकलामा वंशगोपालका सज्जित लामिछाने प्रथम | किरात देबास राई उत्थान समाज नेपालको भूमिका र योगदानः उपेक्षित पहिचानको पुनरुत्थान |

मेयर साम्पाङले उपकुलपतिको कार्यकक्षमा लगाए ताला

Nigarani Online 520+ समाचार ( )
२ माघ २०८०, मङ्गलबार

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कायममुकायम उपकुलपति प्रा.डा प्रल्हाद कार्कीको कार्यकक्षमा मेयर हर्कराज साम्पाङले तालाबन्दी गरेका छन्।

पछिल्लोसमय प्रतिष्ठानमा कार्यरत शिक्षक कर्मचारी आन्दोलनमा उत्रिएसंगै मेयर साम्पांगले सोमबार दिउँसो उपकुलपति प्राडा. कार्कीको कार्यकक्षमा ताला लगाएका हुन्।

उपमेयर आइन्द्र विक्रम बेघासंग विवादमा परेका मेयर आफै मोटरसाइकल लिएर प्रतिष्ठान पुगेका थिए। आफै विवादको भूमरीमा पर्दै आएका मेयर साम्पांगले प्रतिष्ठानमा विवाद बढ्दै गएको र शिक्षक कर्मचारी चिकित्सकको माग सम्बोधन गर्न उपकुलपतिले नसकेको जनाउँदै तालाबन्दीमा उत्रिएका हुन्। कार्यकक्षमा ताला लगाउदै मेयर साम्पाङले उपकुलपतिको कक्षमा तालाबन्दी गरेपछि अरु कसैले खोल्ने आँट नगरुन र आवश्यक पर्दा ताला आफैँ खोल्न आउने प्रस्टाएका थिए।

यसअघि, बढुवा प्रक्रिया अघि बढाउन नसकेको जनाउँदै प्रतिष्ठानमा कार्यरत शिक्षक कर्मचारी चिकित्सकले आइतबारबाट बहिरंग सेवा ठप्प बनाएका छन्।

अर्कोतर्फ कायममुकायम उपकुलपति प्राडा. कार्कीले रजिष्ट्रार प्राडा.सूर्यप्रसाद संग्रौलालाई आन्तरिक, वाह्य पत्राचार र मुद्धा मामिलासम्बन्धी कार्य हेर्न नपाउने गरी अधिकार खोसेका छन्। उपकुलपति कार्कीले आइतगर्दै रजिष्ट्रार संग्रौलालाई प्रदान गरिएको अख्तियारी फिर्ता गरिएको जनाएका छन्।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार