मुख्य समाचार
हेटौंडामा तामाङ पत्रकारहरुका लागि ३ दिने तामाङ (तामायिग) लिपी प्रशिक्षण सुरु | बुढीचौरका गृहिणी मौरीपालन तालिममा | जिल्ला संयोजक थापाद्वारा एपिकल एकेडेमीमा स्क्रयाबल कार्यशाला सम्पन्न | जिल्ला प्रशासन कार्यालयद्धारा राष्ट्रिय परिचयपत्र सेवामा समय विस्तार | बागमती प्रदेश विश्वविद्यालयको प्रथम वार्षिक दिवस समारोह सम्पन्न | लायन्स कलबद्धारा विद्यालयमा सागग्री वितरण | कैलाश ४ ज्यान्द्रुङमा वर्थिङ सेन्टर उद्घाटन | कैलाशका केउरेनी-धुसा र पकनीलाई पूर्ण सरसफाई घोषणा | रानी वनको वक्तृत्वकलामा वंशगोपालका सज्जित लामिछाने प्रथम | किरात देबास राई उत्थान समाज नेपालको भूमिका र योगदानः उपेक्षित पहिचानको पुनरुत्थान |

तिमल्सिनालाई उद्योगमा तत्काल पुनर्वहाली नगरे सङ्घर्ष गर्ने चेतावनी

Nigarani Online 520+ समाचार ( )
१६ पौष २०८०, सोमबार

समाजवादी ट्रेड यूनियन महासंघ मकवानपुर र समाजवादी युवा संघ मकवानपुरले महासंघ मकवानपुरका ईन्चार्ज टुङ्गनाथ तिमल्सिनालाई कुसल ईण्ट्रिज प्रा.लिमा तत्काल पुनर्वहालीको माग गरेका छन् । 

समाजवादी युवा संघ मकवानपुरका जिल्ला अध्यक्ष विवेक घलान  समाजवादी ट्रेड यूनियन महासंघ मकवानपुरका ईन्चार्ज टुङ्गनाथ तिमल्सिनाले संयुक्त विज्ञप्ति जारी गर्दै तिमल्सिनालाई तत्काल पुनर्वहाली गर्न माग गरेका हुन् । 

गत वर्ष माघ ३ गतेदेखि काम गरिरहेका तिमल्सिनालाई यही पुस १२ गते उद्योगले निस्कासन गरेको थियो । 

देशमा बेरोजगारीको समस्या वृद्धि भइरहेको र यूवा श्रमशक्ति वैदेशिक रोजगारीको निमित्त पलायन भइरहेको अवस्थामा मजदुरहरूलाई निस्कासन गर्न नहुने उनीहरुको माग रहेको छ । 

विज्ञप्तिमा नेपालमा सरकारी वा निजी प्रतिष्ठानहरूमा काम गर्ने श्रमिकहरू समस्यै समस्यामा रहेको, ऐन पालनाको समस्या रहेको, कतै दोस्रो, तेस्रो पक्षवाट श्रमिक ठगिँदै गएकाले यसको निरकरण गर्न गम्भीर हुनुपर्ने   उल्लेख गरिएको छ । साथै यस्ता समस्याको नियमनका लागि श्रम रोजगार तथा यातायात मन्त्रालय बागमती प्रदेशमा तथ्याङ्कसहितको ध्यानाकर्षण पत्र बुझाउँदासमेत कुनै सुनुवाइ नभएको विज्ञप्तिमा जनाइएको छ ।

तिमल्सिनालाई निस्कासन गरिएको विषयमा श्रम कार्यालय हेटौंडामा उजुरी दिँदा पनि कुनै जवाफ नआएको हुदाँ आजका मितिले २४ घण्टाभित्र श्रम ऐन समाजिक ऐन अनुसारको सेवा सुविधासहित पुनर्वहाली गर्न विज्ञप्तिमा माग गरिएको छ । यदि सम्बधित संस्थाले अटेर गरी पुनर्वहाली नगरेमा संघर्षमा जाने चेतावनीसमेत दिइएको छ 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार