मुख्य समाचार
मधेशको मुक्तिका लागि अझै संघर्ष आवश्यक छ "पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतो" | वंशगोपालको वार्षिक खेलकुदमा विविध कार्यक्रम | अपर तामाकोशि जलविद्युत परियोजनाका निर्माणधीन सबस्टेसनको विषयलाई लिएर प्रहरी र स्थानियबिच झडप | जसपा नेपाल मकवानपुरको कारबाहीमा घलान साधारण सदस्य पनि नरहने | नेपाल राष्ट्रिय शिक्षक संगठन हेटौंडामा पोखरेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन | बागमती गोल्डकप फुटबल प्रतियोगिता फागुन १ गतेदेखि पालिकाको आफ्नै रंगशालाबाट हुने | बेल्टटेस्ट ग्रेडिङ कार्यक्रम सम्पन्न | चितवनमा भेटिए ५५ प्रजातिका चरा | प्रगति माविबाट एसइईमा चार जिपीए ल्याउने विद्यार्थीलाई वडा कार्यालयले दश हजार पुरस्कार दिने | तिम्रो बुढो बिदेशमा हो ? |

बसामाडी जेसीआई उपाध्यक्ष हेटौंडाका ‘मिस्टर नेपाल २०२४ मा आयूष बोम्जन

Nigarani Online 450+ समाचार ( )
२९ श्रावण २०८१, मङ्गलबार

 बसामाडी जेसीआई वर्ष २०२४ का उपाध्यक्ष आयूष बोम्जन ‘मिस्टर नेपाल २०२४’ प्रतियोगितामा सहभागी भएका छन् । आयूष बोम्जन हेटौंडा उपमहानगरपालिका १५ नं वडाका स्थानीय रहेका छन् ।

बसामाडी जेसीआई वर्ष २०२४ का अध्यक्ष उद्धव राज कठायतले मकवानपुर हेटौंडा नगरवासीको शान, आयूष बोम्जनलाई मिस्टर नेपाल २०२४ को विजेता बनाउन सम्पूर्ण नगरवासीलाई एकजुट हुन आह्वान गर्नुभएको छ । 

आयूष हाम्रो हेटौंडाको मात्र नभई सम्पूर्ण मकवानपुरको शान हुनुहुन्छ, उहाँलाई विजयी गराउन हामी सबैले आ-आफ्नो तर्फबाट सक्दो सहयोग र समर्थन गर्नुपर्छ ।’ प्रतियोगितामा विजयी हुन प्रस्तुति र भोटिङ दुवैको महत्व रहने भएकोले अध्यक्ष उद्धव राज कठायतले सबै जेसीज मनहरुलाई र मकवानपुर बासी सबैलाई भोटिङ प्रक्रियामा सहयोग गर्न अपिल गर्नुभयो ।

आयूष भोटिङ राउण्डमा पुगेका छन् । मिस्टर नेपाल २०२४ प्रतियोगितामा आयूष बोम्जनको भोटिङ कोड नं ६ रहेको छ । भोट हाल्नका लागि ई-सेवा एप डाउनलोड गर्नुपर्नेछ । एपमा भोटिङ र इभेन्ट सेक्सनमा गएर ‘मिस्टर नेपाल’ को भोटिङ अप्सनमा गई कोड ६ छनोट गरेर भोट दिन सकिन्छ । प्रतियोगिताको आयोजक नेक्स्ट मोडल्स नेपालका अनुसार १८ देखि ३२ वर्ष उमेर समूहका युवाहरूलाई यस प्रतियोगितामा सहभागी हुने अवसर प्रदान गरिएको थियो । विजेताले मिस्टर वल्र्ड २०२४ वा मिस्टर ग्लोबल २०२४ मा नेपालको प्रतिनिधित्व गर्ने अवसरका साथै नगद पुरस्कार र विभिन्न उपहारहरू प्राप्त गर्नेछन् ।

यसरी बसामाडी जेसीआई वर्ष २०२४ का उपाध्यक्ष आयूष बोम्जनलाई मिस्टर नेपाल २०२४ को ताज पर्हियाउने लक्ष्यका साथ सम्पूर्ण जेसीज मनहरु, स्थानीय समुदाय र जनप्रतिनिधिहरूलाई सहयोग गर्न समेत अनुरोध गरेका छन् । आयूषको व्यक्तिगत सफलतालाई बढावा दिनुको साथै समग्र हेटौंडा र मकवानपुर जिल्लाको गौरव बढाउने अपेक्षा गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार