मुख्य समाचार
मधेशको मुक्तिका लागि अझै संघर्ष आवश्यक छ "पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतो" | वंशगोपालको वार्षिक खेलकुदमा विविध कार्यक्रम | अपर तामाकोशि जलविद्युत परियोजनाका निर्माणधीन सबस्टेसनको विषयलाई लिएर प्रहरी र स्थानियबिच झडप | जसपा नेपाल मकवानपुरको कारबाहीमा घलान साधारण सदस्य पनि नरहने | नेपाल राष्ट्रिय शिक्षक संगठन हेटौंडामा पोखरेलको नेतृत्वमा नयाँ कार्यसमिति चयन | बागमती गोल्डकप फुटबल प्रतियोगिता फागुन १ गतेदेखि पालिकाको आफ्नै रंगशालाबाट हुने | बेल्टटेस्ट ग्रेडिङ कार्यक्रम सम्पन्न | चितवनमा भेटिए ५५ प्रजातिका चरा | प्रगति माविबाट एसइईमा चार जिपीए ल्याउने विद्यार्थीलाई वडा कार्यालयले दश हजार पुरस्कार दिने | तिम्रो बुढो बिदेशमा हो ? |

शिक्षक आफ्नो पेशाप्रति उत्तरदायी हुनुपर्छ ः सहमहामन्त्री पाण्डे

Nigarani Online 450+ समाचार ( )
१२ फाल्गुन २०८०, शनिबार

नेपाली काँग्रेसका सहमहामन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल शिक्षक संघमा आवद्ध शिक्षकहरूले मन, वचन र कर्मले आफ्नो पेशाप्रति इमानदार हुनुपर्ने बताउनुभएको छ । हेटौँडामा आज आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सहमहामन्त्री पाण्डेले नेपाल शिक्षक संघमा आवद्ध शिक्षकहरूले पार्टीको झन्डा बोकेर हिँड्नु नपर्ने र निर्वाचनका बेलामा भोट माग्दै पनि हिँड्नु नपर्ने भन्दै आफ्नो कर्ममा इमानदार र लगनशील भए पार्टीका लागि भोट मागेको र  दिए सरह हुने बताउनुभयो । 

नेपाल शिक्षक संघ मकवानपुरको प्रतिनिधिसभामा प्रमुख अतिथि रहनुभएका पाण्डले हरेक क्षेत्रका मानिस आफ्नो कर्ममा इमानदार हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “अहिले सांसदहरूले आफ्नो काम र कर्तव्य छाडेर मिसन ८४ भन्दै हिँडिरहेका छन् । कर्मचारी पनि आफ्नो जिम्मेवारीबाट पन्छिदै छन् । यसले गर्दा देशमा जटिलता निम्तिरहेको छ ।” 

उहाँले शिक्षकले मन, वचन र कर्मले आफ्नो पेशाप्रति र विद्यालयप्रति उत्तरदायी हुनुपर्ने बताउनुभयो । अब देश निर्माणको अभियानमा जुट्नुपर्ने बेला आएको भन्दै पाण्डेले भन्नुभयो, “अरूको कुरा काट्न छाडेर जबसम्म आफ्नो कर्तव्य पूरा गर्न मान्छे लाग्दैन तबसम्म देश बन्दैन ।”

यहाँ सबै नेता  र सधैँ नेता हुने अवस्थाले बिग्रिएको भन्दै पाण्डेले राजनीति भनेको केहीले गर्ने र केही समय मात्र गर्ने हुनुपर्ने बताउनुभयो । 

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य र सूचना तथा प्रविधि समितिका सदस्यसमेत रहनुभएका पाण्डेले शिक्षकका, अभिभावकका, विद्यालय कर्मचारीका धेरै समस्या रहेको बताउनुभयो । सबैका समस्या समाधान गर्नेगरी शिक्षा विधेयक ल्याउनुपर्ने चुनौति रहेको पाण्डेको भनाइ छ ।  

अहिले शिक्षा विधेय ल्याउन धेरै सकस भएको भन्दै उहाँले भन्नुभयो, “स्थानीय, प्रदेश र संघ तीनै तहमा शिक्षाको अधिकारलाई कसरी परिभाषित गर्ने भन्ने समस्या रहेको छ । १ सय ५२ जनाले संशोधन हालेको र १७ सयभन्दा बढी संशोधन परेकोले यी कुरा समेट्न कठिन रहेको छ ।” 

अब शिक्षा विधेकका विषयमा सातै प्रदेशमा छलफल चलाउने बारेमा  संसदीय समितिमा छलफल चलिरहेको पाण्डेले बताउनुभयो । शिक्षक आन्दोलनका माग र मुद्धालाई संवोधन गर्नेगरी विधेय ल्याउने भन्दै उहाँले राज्य शिक्षकका सम्झौता पूरा गर्न हिच्किचाउन नहुने बताउुभयो । 

शिक्षा क्षेत्रमा योग्य व्यक्तिलाई प्रंवेश गराउन राज्यले वृत्ति विकासमा विशेष ध्यान दिने बताउनुभयो । 

जिल्ला अध्यक्ष गणेशप्रसाद हुमागाइँको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल शिक्षक संघका संघीय सदस्य रामकुमार अधिकारीले नेपाल शिक्षक संघले मात्र शिक्षकका माग मुद्धालाई संवोधन गर्ने सक्ने बताउनुभयो । अहिले शिक्षक संघप्रति शिक्षकहरूको आकर्षण बढेको भन्दै यसलाई जीवन्त राख्ने गरी शिक्षक संघले काम गर्ने बताउनुभयो । 

कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सभापति बुद्ध लामा, उपाध्यक्ष आनन्द कठायत, सचिव ईश्वर पाठक, पूर्व सभापतिहरू रघुरमण न्यौपाने, माइकल रामचन्द्र अर्याललगायतको आतिथ्यता रहेको थियो ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार