मुख्य समाचार
प्रगति माविका शिक्षक तथा व्यवस्थापन समितिद्वारा नारायणी माविको अवलोकन | साइकलमा हुइकिने पत्रकारलाई सम्मान | शैक्षिक प्रतिभाको उज्यालो पहिचानः श्री आधारभूत अतिरिक्त क्रियाकलापमा अघि बढ्दै | देवास राई संग्रहालय निर्माण र सांस्कृतिक धरोहर संरक्षणको पहल | राजनीतिक प्रतिशोधविरुद्ध रास्वपाको जनहस्ताक्षर अभियान सुरु, हेटौंडाबाट तीन महिना लामो यात्रा प्रारम्भ | अखिल नेपाल तेक्वान्दो संघको प्रथम भेला सम्पन्न, अध्यक्षमा राकेश राई | हेटौंडामा तामाङ पत्रकारहरुका लागि ३ दिने तामाङ (तामायिग) लिपी प्रशिक्षण सुरु | बुढीचौरका गृहिणी मौरीपालन तालिममा | जिल्ला संयोजक थापाद्वारा एपिकल एकेडेमीमा स्क्रयाबल कार्यशाला सम्पन्न | जिल्ला प्रशासन कार्यालयद्धारा राष्ट्रिय परिचयपत्र सेवामा समय विस्तार |

बागमती प्रदेश विश्वविद्यालयको प्रथम वार्षिक दिवस समारोह सम्पन्न

Nigarani Online 526+ समाचार ( )
२७ जेठ २०८२, सोमबार

बागमती प्रदेश विश्वविद्यालयको प्रथम वार्षिक दिवस बागमती प्रदेश सरकारका मुख्यमन्त्री बहादुर सिंह लामाको प्रमुख अतिथ्यमा माननीय सामाजिक विकास मन्त्री हरिप्रभा खड्गी श्रेष्ठको विशेष अतिथ्यमा सामाजिक विकास मन्त्रालयको हलमा आइतबार सम्पन्न भयो । कार्यक्रममा बागमती प्रदेश विश्वविद्यालयका डिन डा. गंगाराम विश्वकर्माले सबै अतिथिहरुलाई स्वागत गर्दै मन्तव्य राख्नु भएको थियो भने विश्वविद्यालयको वार्षिक कार्य प्रगति विश्वविद्यालयका उपाध्यक्ष डा. कुसुमराज सुवेदीले प्रस्तुत गर्नुभएको थियो ।

माननीय सामाजिक विकास मन्त्री हरिप्रभा खड्गीश्रेष्ठले प्रदेश विश्वविद्यालयको  आवश्यकता औचित्यका बारेमा मन्तव्य राख्दै उच्च शिक्षा प्रदेश सरकारको एकल अधिकारको क्षेत्र हो भन्नुभयो । प्रमुख अतिथि माननीय मुख्यमन्त्री बहादुर सिंह लामाले विश्वविद्यालयले व्यावसायिक र प्राविधिक शिक्षामा जोड दिदै अगाडि बढ्ने छ भन्दै प्रदेश गौरवको आयोजनाको रुपमा रहेको विश्वविद्यालयलाई आबश्यक बजेट व्यबस्था गर्ने र विश्वविद्यालयले अगाडी सारेका कार्यहरुसहयोग गर्ने एवम् आंगिक क्याम्पस बनाउने वारे छिटै निर्णय लिइने भनि आस्वस्त पार्नुभयो । 

उक्त कार्यक्रममा हेटौंडा उप महानगर प्रमुख मिना कुमारी लामाले विश्वविद्यालयलाई आबश्यक सहयोग गर्न र जग्गा उपलव्ध गर्न नगरपालिका प्रतिबद्घ रहेको छ भन्नुभयो । प्रमुख सचिव भुपाल बरालले विश्वविद्यालयले अनुसन्धानमा जोड दिने छ र विद्यााथी बाहिर जानुपर्ने अबस्थामा कमी ल्याउने गरी कार्य गर्ने छ भन्नु भयो । प्रदेश नीति तथा योजना आयोगका माननीय सदस्य गुणराज मुक्तान, माननीय एकलाल श्रेष्ठले विश्वविद्यालय र उच्च शिक्षाका विविध पक्षमा विचार राख्दै बागमती विश्वविद्यालयसँग सहकार्य र सहयोग गर्दै अगाडी बढ्ने विचार व्यक्त गर्नु भयो । कार्यक्रमको अन्त्यमा संरक्षण समितिका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलले विश्वविद्यालयका भए गरेका कार्य र यसका अप्ठ्यारा र चुनौती बारे प्रस्ट पार्दै प्रदेश सरकारले बेलैमा निर्णय लिने आशा राख्दै कार्यक्रममा उपस्थित महानुभावहरुलाई धन्यबाद प्रकट गर्नुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार