मुख्य समाचार
हेटौंडामा तामाङ पत्रकारहरुका लागि ३ दिने तामाङ (तामायिग) लिपी प्रशिक्षण सुरु | बुढीचौरका गृहिणी मौरीपालन तालिममा | जिल्ला संयोजक थापाद्वारा एपिकल एकेडेमीमा स्क्रयाबल कार्यशाला सम्पन्न | जिल्ला प्रशासन कार्यालयद्धारा राष्ट्रिय परिचयपत्र सेवामा समय विस्तार | बागमती प्रदेश विश्वविद्यालयको प्रथम वार्षिक दिवस समारोह सम्पन्न | लायन्स कलबद्धारा विद्यालयमा सागग्री वितरण | कैलाश ४ ज्यान्द्रुङमा वर्थिङ सेन्टर उद्घाटन | कैलाशका केउरेनी-धुसा र पकनीलाई पूर्ण सरसफाई घोषणा | रानी वनको वक्तृत्वकलामा वंशगोपालका सज्जित लामिछाने प्रथम | किरात देबास राई उत्थान समाज नेपालको भूमिका र योगदानः उपेक्षित पहिचानको पुनरुत्थान |

खेलाडी सम्मान तथा आर्थिक प्रतिवेदन प्रस्तुत

Nigarani Online 520+ समाचार ( )
७ श्रावण २०८१, सोमबार

क्रियटिभ तेक्वान्दो एकेडेमीद्वारा आयोजित खेलाडी सम्मान तथा राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको आर्थिक प्रतिवेदन प्रस्तुत कार्यक्रम आइतबार सम्पन्न भयो।

 कार्यक्रममा हेटौडा उपमहानगपालिकाका प्रमुख मिना कुमारी लामाको प्रमुख आतिथ्यता, जिल्ला खेलकुद विकास समिति मकवानपुरको अध्यक्ष राज कुमार मोक्तान, खेलकुद विकास समिति  हेटौडा १७ का संयोजक कृष्ण बहादुर अधिकारी को विशेष आतिथ्यता रहेको थियो । जिल्ला खेलकुद विकास समिति मकवानपुरको कार्यालय प्रमुख माधव कोइराला, सदस्य मदन उप्रेती, राष्ट्रिय तेक्वान्दो संघ नेपालको केन्द्रीय सदस्य नारायण सिंह थिङको आतिथ्यता रहेको यस कार्यक्रम जिल्ला अध्यक्ष मदनकुमार श्रेष्ठको सभापतित्वमा भएको  थियो ।

 डोजाङ प्रमुख भोजराज पराजुलीले क्रियटिभ तेक्वान्दो एकेडेमीको प्रतिबेदन सहित मिति २०८० साल कात्तिक १७ र १८ गते भएको राष्ट्रिय तेक्वान्दो प्रतियोगिताको आय व्यय प्रस्तुत गर्नु भयो । आय तर्फ विभिन्न संघ सँस्था  र व्यक्ति विशेषको सहयोगमा नौ लाख एक्काइस हजार पाँच सय रुपैयाँ जम्मा भएको थियो भने खर्च तर्फ नौ लाख चौरानब्बे हजार चार सय पचहत्तर रुपया खर्च भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथिले निर्माणाधीन कबर्ड हललाई बजेट विनियोजन गर्ने वक्तव्यसहित बंगलादेशको ढाकामा हुन लागिरहेको पहिलो दक्षिण एशिया विद्यालय कम्ब्याट खेल २०२४  को लागि क्रियटिभ तेक्वान्दो एकेडेमीको ४ जना खेलाडीहरूलाई रु. १लाख सहयोग गर्ने घोषणा गर्नुभयो।

 कार्यक्रममा तेक्वान्दो जिल्ला कार्यसमिति मकवानपुर को संरक्षक प्रेम ब. गुरुङलगायत जिल्ला कार्य समिति मकवानपुरको पदाधिकारीहरू, बालबोध माविका व्यवस्थापन समिति सदस्य कृष्णदेव भण्डारी, बुद्ध विद्या ई. बो. को प्रिन्सिपल राम कुमार भट्टराई, समाजसेवी कृष्ण प्रसाद पराजुली, शिवराज तिमल्सिना , रंगराज अधिकारी, सीताराम न्यौपाने, रमेश पौडेल, हटिया स्पोर्टस एकेडेमीको अध्यक्ष छवि सुवेदीलगायत विभिन्न व्यक्तित्वको उपस्थित रहेको थियो ।

 कार्यक्रममा २०८० सालमा क्रियटिभ तेक्वान्दो एकेडेमीबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भई मेडल प्राप्त गर्ने खेलाडीहररू इच्छा विष्ट, आरुषी पराजुली, आदित्या ढकाल, रीवनी अधिकारी, आदित्य पराजुली र प्रिन्सब ढकाल, समृद्ध भण्डारीलगायतका  खेलाडीलाई प्रमाणपत्रसहित सम्मान गरिएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार