कुष्माण्ड सरोवर धाममा प्रख्यात विद्वानहरूको दार्शनिक प्रवचन

Nigarani Online 505+ समाचार ( )
११ माघ २०८०, बिहीबार

एक महिने मकर मेलाका क्रममा कुष्माण्ड सरोवर त्रिवेणी धाममा आज प्राध्यापक डाक्टर कान्ता भट्टराईले दार्शनिक प्रवचन गर्नुभएको छ । 

नियमित श्रीमदभागवत कथा प्रवचनका आलावा विभिन्न विद्वानहरूबाट दार्शनिक प्रवचनसमेत भइरहेको छ । यसै क्रममा आज विदूषि प्राध्यापक डाक्टर कान्ता भट्टराईबाट प्रवचन भएको हो । प्रवचनका क्रममा डा भट्टराईले व्यावहारिक र  अति  ज्ञानवर्धक प्रवचन गर्नुभएको त्रिवेणी धाम विकास समितिका अध्यक्ष ईश्वरीप्रसाद न्यौपानेले फेसबुक स्टाटसमा लेख्नुभएको छ । साथै उहाँले आफ्नो बाटो छोडेर  भिरतिर नजान र  सचेत  रहन आग्रह गर्नुभयो । यसैगरी भोलि  राष्ट्रिय धर्मसभाका अध्यक्ष विशिष्ट श्रेणीको जिम्मेवारीमा  रहदै आउनु भएका प्राध्यापक डाक्टर माधवप्रसाद भट्टराई ज्यूबाट दार्शनिक प्रवचन हुने अध्यक्ष न्यौपानेले जानकारी दिनुभएको छ । 

प्राध्यापक डाक्टर भट्टराईको मुखारबिन्दबाट हुने प्रवचन श्रवणका लागि सम्पूर्ण श्रद्धालुहरूमा धामले निमन्त्रणा गरेको छ । 

यस अघि हिजो पण्डित कुवेर सुवेदीबाट प्रवचन भएको थियो । धाममा एक महिने मेलका क्रममा पण्डित गोपाल चालिसे, यदुनाथ अधिकारी, मनिषशरण खनाल, जीवराज बख्रेलले कथा प्रवचन गरिरहनु भएको छ । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार