ट्राफिक सप्ताह अन्र्तगतको पाँचौ दिन हेटौंडा ६, चौघडामा मा अवस्थित वंश गोपाल माविका विद्याथीहर्रूलाई ट्राफिक सचेतना कार्यक्रम सोमबार सम्पन्न गरिएको हो ।
कार्यक्रममा विद्यार्थीहरूलाई ट्राफिक नियम बारे जानकारी, सबारी दुर्घटना न्युनीकरण गरी मानवीय तथा भौतिक क्षती न्युनीकरण तथा सुरक्षित सडक यात्राको बारेमा जानकारी जानकारी गराइएको थियो । सचेतना कार्यक्रममा प्रहरी चौकी चौघडाका बरिष्ट हवल्दार उमा घिमिरे, हवल्दार बिर्जु शाह अस्थायी ट्राफिक प्रहरी चौघडाका सहायक हवल्दार देबेन्द्र कुमाल र ट्राफिक प्रशिक्षक एवं ट्राफिक स्वयंमसेवक कञ्चन शर्माको उपस्थिति रहेको थियो ।