शिक्षा ऐन जारी गर्न माग गर्दै शिक्षकहरू आन्दोलनमा

Nigarani Online 499+ समाचार ( )
१९ चैत्र २०८१, बुधवार


 देशभरका शिक्षकहरूले बुधबारदेखि पुनः काठमाडौंमा आन्दोलन सुरु गरेका छन् । नेपाल शिक्षक महासङ्घले चैत २० गतेदेखि काठमाडौं केन्द्रित आन्दोलनको घोषणा गरेसँगै विभिन्न क्षेत्रबाट शिक्षकहरु काठमाडौंमा जम्मा भएका  हुन् ।

शिक्षक महासंघले ‘काठमाडौं जाऔँ अभियान’ सहित आजदेखि अनिश्चितकालीन शैक्षिक आन्दोलन गर्न लागेको हो ।

गुणस्तरीय विद्यालय शिक्षा, विद्यार्थी र शिक्षक कर्मचारीमैत्री अग्रगामी विद्यालय शिक्षा ऐन जारी गराउन राज्य पक्षलाई दबाब दिन आन्दोलन गर्न लागिएको महासंघको भनाइ छ । आन्दोलनमा देशभरका अधिकांश शिक्षक तथा कर्मचारी सहभागी भएका छन् । आन्दोलनमा आएका शिक्षक तथा कर्मचारी विद्यालय शिक्षा ऐन जारी नहुँदासम्म काठमाडौंबाट नफर्किने महासङ्घले जनाएको छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार