कृषा खतिवडा
कक्षा ५
वंशगोपाल माध्यमिक विद्यालय, चौघडा
वंशगोपाल माध्यमिक विद्यालयमा कक्षा ३, ४ र ५ अध्ययनरत विद्यार्थीहरू २०८१ साल मङसिर २० गते हाम्रो विद्यालयको शिक्षकहरुसँग भ्रमण गर्न मानव सेवा आश्रम र त्रिवेणी धाम गएका थियौं । हामी ९० जना विद्यार्थीहरु र पाँच जना शिक्षकहरु गएका थियौं । हामी त्यहाँ हाम्रो विद्यालयको बसबाट गएका थियौँ । हामी सुरुमा मानव सेवा आश्रम गयौँ । हामी मानव सेवा आश्रममा १२ः३० बजे पुग्यौँ । हामी मानव सेवा आश्रम भित्र छिर्दा हामीलाई टीकासहित स्वागत गर्नुभयो । अनि त्यहाँ रहनुभएका सहयोगी कर्मचारीहरुले हामीलाई आश्रमको बारेमा सोध्नुभयो, ” उआश्रम भनेको के हो त?” उहाँहरुले आश्रम भनेको स्वर्गको अर्को शब्द हो, आश्रममा घर परिवार आफन्त नभएका गरिब दुखी बस्ने एक प्रकारको घर हो भन्नुभयो । त्यहाँ धेरै मानिसले सहयोग स्वरुप केही सर सामानहरु दिने गरेका रहेछन् । हामीले पनि विद्यालयको तर्फबाट केही सामानहरु लगेका थियौ । उनीहरुले हामीलाई सबै भवन, कक्ष आदि देखाइदिनु भयो हामीलाई भन्नुभयो कि त्यहाँ त हजुरआमा हजुरबुवा र बच्चाहरुको लागि छुट्टाछुट्टै भवन रहका छन् । त्यहाँ त धेरै सुविधाहरु पनि रहेछन् जस्तै त्यहाँ त उपचार कक्ष, अभियन्ता सयन कक्ष, गाड तरकारी फार्म, भान्साघर, थेरापी कक्ष, पार्लर आदि पनि रहेछन् । हामीले मानव सेवा आश्रम पुरै हेरिसकेपछि हामीलाई एउटा भिडियो देखाउनुभयो । त्यो भिडियोले मानव सेवा आश्रमको बारेमा व्याख्या गरेको थियो । मानव सेवा आश्रम २०६९ भाद्र १३ गतदेखि हटौडामा सञ्चालन भएको रहेछ । मानव सेवा आश्रमले १०० भन्दा बढी मानिसलाई उद्धार गरिसकेको रहेछ । मानव सेवा आश्रममा लगभग २९० जना हुँदोरहेछ । हामीले यो भिडियो हेरिसकेपछि हामीले मानव सेवा आश्रममा रहनुभएका सबैजनाले हामीलाई यति धेरै माया गर्नुभएकोमा धन्यवाद दियौ । हामी त्रिवेणी धामतर्फ हाम्रो विद्यालयको बसमा गयौं । हामी त्रिवेणी धामभित्र लाइन लागेर गयौं । हामीले त्यहाँ सानो पोखरी देख्यौं । पोखरीमा एउटा डुङ्गा पनि थियो । हामीले त्यो पोखरीको वरिपरि घुम्यौ। हामीले त्यहाँ १०८ धारा पनि देख्यौं । धाराको पानी निकै चिसो र सफा थियो । अनि हामी भित्र जानको लागि प्रवेश शुल्क तिर्नु पर्दो रहेछ । हाम्रो विद्यालयको शिक्षकले हामी सबैको प्रवेश शुल्क बुझाउनु भयो ा हामीलाई सिसमहल निकै मनपर्यो । हामीले सिसमहल हेरिसकेपछि हामी बाहिर निस्क्यौँ । हामी एउटा चौरमा बस्यौ र शिक्षकहरुसँगै बसेर खाजा खायौँ । खाजा मिठो र स्वादिलो थियो । खाजा खाइसकेपछि हामीले केहीबेर नाचगान र रमाइलो गर्यौ अनि हामी हाम्रो विद्यालयको बसबाट विद्यालय फक्र्यौ । हामी विद्यालयमा ४.१० मा पुग्यौँ । अनि हामी कोही हिँड्दै र कोही विद्यालयको बसमा घर फक्र्यौँ ।
Gsusgwuyat
Gsusgwuyat