मकवानपुरको बकैया गाउँपालिकामा रहेको जुम स्नुकर हाउसले आयोजना गरेको प्रथम बकैया खुला स्नुकर प्रतियोगिता बुधबार सम्पन्न भएको छ ।
असोज २८ गतेदेखि कार्तिक १ गतेसम्म सञ्चालित खेलमा बयालिस जना खेलाडीहरूको सहभागिता रहेको थियो । प्रतियोगिताका बिजेता लियम स्नुकर क्लबका खेलाडी प्रशान्त लामिछाने भए भने रोयल स्नुकर हाउसका खेलाडी किशोर लोप्चन उपबिजेता भएका थिए । खेलमा उत्कृष्ट टप ब्रेकर लियम स्नुकर क्लबका खेलाडी नेल्सन शाही बनेका थिए । जुम स्नुकर हाउसका प्रोपाइटर जीवन ब्लोनको सभाअध्यक्षता तथा बकैया गाउँपालिका वडा नं ३ का वडा अध्यक्ष भुमल सिङ घलानको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि घलानले उत्कृष्ट खेलाडीहरूलाई पुरस्कार प्रदान गर्नुभयो ।
प्रथम हुनेलाई नगद रु ३०,हजार, द्वित्तीयको लागि रु १५हजार र टप ब्रेकरको लागि रु १ हजार प्रदान गरिएको थियो भने सेमीफाइनलिस्ट खेलाडी द्वय बुद्ध लामा र जेनिश श्रेष्ठलाई नगद एक एक हजार र प्रमाणपत्र प्रदान गरेको माधब रेग्मी मगरले निगरानी आलाइनलाई बताउनुभयो ।
खेल आयोजना गर्नुको उद्देश्य स्वास्थ्यका लागि खेल र देशका लागि खेल रहेको आयोजकले बताएको छ । कार्यक्रम संग्राम बल लामाले सञ्चालन गर्नुभएको थियो ।