मकवानपुरको बकैया गाउँपालिका वडा नम्बर १२ ठिङ्गनस्थित कान्ति माध्यमिक विद्यालयमा आत्महत्या रोकथाम तथा न्युनीकरण सम्बन्धी सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
समुदाय प्रहरी साझेदारीकार्यक्रम अन्तर्गत सो सचेतना कार्यक्रमको आयोजना गरिएको बताइएको छ । कार्यक्रममा इलाका प्रहरी कार्यलय ठिङ्गनका प्रहरी निरीक्षक लक्ष्मण गिरीले प्रशिक्षण दिनुभएको थियो ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रुपेन घलेले यस विद्यालयमा अध्ययनरत विद्यार्थी आत्महत्या गरेको भएर यही घटनालाई लक्षित पारेर तालिम गरिएको बताउनुभयो ।